किशोर सेञ्चुरीको आवाजमा ‘रुखमै पाक्यो मेवा’ सार्वजनिक
3.4K
shares
काठमाडौं । शिशिर बुढाथोकीले निर्देशन गरेको ‘रुखमै पाक्यो मेवा’ गीतको म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ । गीतमा चर्चित गायक/गायिका किशोर सेञ्चुरी र कल्पना सुनुवारको आवाज रहेको छ ।
त्यस्तै युवा सर्जक धर्मेन्द्र सिनको शब्द रहेको गीतमा रादीप सुनुवारको लय र रमेश सेञ्चुरीको एरेन्ज रहेको छ । सो म्युजिक भिडियोमा लोकप्रिय मोडेल विजय पुनको उत्कृष्ट अभिनय रहेको छ भने उनलाई विनिता सेञ्चुरीले साथ दिएकी छिन् ।
यस म्युजिक भिडियोलाई शिशिर बुढाथोकीले कोरियोग्राफी र निर्देशन गरेका छन् भने छायांङ्कन सन्तोष तिमल्सिनाको रहेको छ । विनोद बमको सम्पादन रहेको यस म्युजिक भिडियोलाई जिनाखु ठाकुर क्रियसनले बजारमा सार्वजनिक गरेको हो ।
म्युजिक भिडियो हेर्नको लागि तलको लिंकलाई क्लिक गर्नुहोला ।
वि.सं.२०८१ फागुन २१ बुधवार १७:४८