back

‘मिस नेपाल वर्ल्ड २०२३’ को ताज प्रधानलाई

168 

shares

‘काठमाडौं । मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् । आज गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइ दिइन् । प्रतियोगितामा २४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन् । मिस नेपाल विजेता प्रधान काठमाडौँकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी छन् ।

प्रतियोगितामा रैना मजगैयाँले ‘मिस नेपाल अर्थ’को उपाधि हात पारकी छन् भने प्रसिद्धी शाहले ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि जितिन् । समारोहमा १२ सहविधाका विजेता समेत घोषणा गरियो ।

मिस नेपालको आयोजना द हिडन ट्रेजरले वर्षेनी गर्ने गरेको छ । यसवर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउनुहुनेछ । नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वल्र्डमा पठाइनेछ कम्पनीले जानकारी दिएको छ ।


महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियानको शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियानको शुभारम्भ

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको...

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली (तनहुँ)। तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला...

वायु प्रदूषणका कारण बिरामीको सङ्ख्या बढ्दै

वायु प्रदूषणका कारण बिरामीको सङ्ख्या बढ्दै

गलेश्वर (म्याग्दी)। म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर...

सांसद खानद्वारा सपथ ग्रहण

सांसद खानद्वारा सपथ ग्रहण

काठमाडौँ। सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित...

बेपत्ता भएका जोशीको उद्धार गरिदिन राष्ट्रपति पौडेलसँग परिवारको आग्रह

बेपत्ता भएका जोशीको उद्धार गरिदिन राष्ट्रपति पौडेलसँग परिवारको आग्रह

काठमाडौं। कञ्चनपुरका विपिन जोशीको परिवारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष इजरायलमा...