back
ntc
global ime bank

राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा १५ कविता छनोट

1.3K 

shares

काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीका अवसरमा राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा ११ जिल्लाका १५ कविता छनोट भएका छन् ।

आदिकवि भानुभक्त जन्मस्थल विकास समिति तनहुँद्वारा आयोजित राष्ट्रियस्तरको खुला कविता प्रतियोगितामा वाचनका लागि प्राप्त भएका कवितामध्ये ती कविता छनोट भएका हुन् । आचार्यको जन्मजयन्तीका अवसरमा यही असार २८ गते खुला कविता प्रतियोगिता हुन गइरहेको छ ।

कविले स्वयं उपस्थित भई कविता वाचन गर्नुपर्ने समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । प्रतियोगितामा कविता वाचनका लागि पर्वत, मोरङ, कास्की, नवलपुर, अछाम, रामेछाप, कपिलवस्तु, बारा, खोटाड, पाल्पा र रुपन्देहीका कवि सहभागी हुने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई रु २० हजार, द्वितीय हुनेलाई रु १५ हजार, तृतीय हुनेलाई रु १० हजार र सान्त्वना हुने दुई जनालाई जनही रु पाँच हजारका दरले पुरस्कार प्रदान गरिनेछ । कविता नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । विसं १८७१ असार २९ गते भानु नगरपालिका–४ चुँदीरम्घामा आचार्यको जन्म भएको थियो । भानु जयन्तीका अवसरमा गण्डकी प्रदेश सरकारले असार २९ गते सार्वजनिक बिदासमेत दिएको छ ।

नेपाली साहित्यका प्राथमिककालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा पनि उत्तिकै प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलोपटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।

भानुभक्तले प्रश्नोत्तर, भक्तमाला, बधुशिक्षालगायत कृति लेखेका छन् । उहाँका पाण्डुलिपिलाई सङ्ग्रह गरेर मोतीरामले पुस्तकाकारमा प्रकाशित गरेपछि नेपाली साहित्यमा चिनिनु भएको हो ।


प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक रानीमहल

प्रेमको प्रतीक मानिने पाल्पाको रानीमहल । कालीगण्डकी नदीको तटमा...

अबुधाबीबाट पनि श्रम स्वीकृति

अबुधाबीबाट पनि श्रम स्वीकृति

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)बाट पनि श्रम...

जनसांस्कृतिक महासङ्घद्वारा पूर्व अध्यक्षहरूको सम्मान

जनसांस्कृतिक महासङ्घद्वारा पूर्व अध्यक्षहरूको सम्मान

काठमाडौंँ । जनसांस्कृतिक महासङ्घ, नेपालको ४३ औँ स्थापना दिवस...

बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत थालियो

बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत थालियो

काठमाडौं । काठमाडौंको बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत थालिएको...

समाजिक सञ्जाल विधेयक सच्याउन तयार नभए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी

समाजिक सञ्जाल विधेयक सच्याउन तयार नभए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी

काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारलाई समाजिक सञ्जाल विधेयक...

शंखरापुर बस दुर्घटना : २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा

शंखरापुर बस दुर्घटना : २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बुधबार अपराह्न...