back

नालापानीको प्रिमीयर सिड्नीमा

ऐतिहासिक चलचित्र ‘नालापानी’ को अस्ट्रेलियामा प्रिमियर गरिने भएको छ।तिहारको अवसर पारेर कात्तिक ४ गते रिलीज हुने यो चलचित्रलाई अस्ट्रेलियामा एम्सन इन्टरटेन्टमेन्ट, ग्रीन हिल्स इन्टरटेन्टमेन्ट, आरकेएस अस्ट्रेलिया र अर्बिट अस्ट्रेलिया ग्रुपले मिलेर प्रिमीयर गर्न लागेको हो।

नेपालको इतिहासको बारेमा नयाँ पुस्ताल़ाई जानकारी दिनुपर्छ भन्ने उद्धेश्यले १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई चलचित्र निःशुल्क हेर्ने व्यवस्था मिलाइएको आयोजक मध्येका एक भानु प्रतापले जानकारी दिए।

आगामी शनिबार अर्थात २४ सेप्टेम्बरको दिन सिड्नीमा चलचित्र ‘नालापानी’ को ग्राण्ड शो गरिने भएको हो। चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ स्पेशल अवार्ड पाएको यो चलचित्रका निर्देशक रिमेश अधिकारी हुन्।

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईँलाई आधार बनाएर यो चलचित्र निर्माण भएको हो।

चलचित्रको रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...