back
sanima relaince life
citizen life
machapuchre bank

मधेश प्रदेशमा स्वास्थ्य मन्त्री बस्नेतको भव्य स्वागत

11.7K 

shares
sanima relaince life
citizen life
machapuchre bank

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकामा निर्माण भएको सामुदायिक अस्पतालको उदघाटनका लागि मंगलबार जनकपुर हुदै सर्लाही पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको त्यहाँका नेता कार्यक्रतादेखि सर्वसाधारणले भव्य स्वागत गरेका छन् ।

बिहान जनकपुर पुगेका मन्त्री बस्नेतको स्वागतका लागि फुलमाला लिएर ठूलो समूहमा नेता कार्यक्रतादेखि सर्वसाधारण उपस्थित थिए । उनीहरुले मन्त्री बस्नेतलाई साच्चिकै काम गरेर देखाउने मन्त्रीको रुपमा बस्नेतलाई फुल मालाले स्वागत गर्न चाहेको बताए ।

जनकपुरपछि मन्त्री बस्नेत सर्लाहीको कौडेना पुग्दा त्यहाँका सर्वसाधारणले भव्य स्वागत गरेका थिए । माला लगाएर स्वागत गर्नेहरुको भिड छिचोल्न मन्त्री बस्नेतलाई हम्मे हम्मे परेको थियो । मन्त्रीको स्वागतका लागि माला बोकेर आएकी फुलपरासीकी प्रमिला यादवले भनिन, हामीलाई पनि यस्तै काम गर्ने नेता चाहिएको छ ।

उहाँको काम गराईबाट हाम्रा मेधशका नेताहरुले पनि सिकून भनेर स्वागत गर्न आएकी हूँ । अस्पताल उदघाटनका लागि मन्त्री बस्नेत आउने थाहा पाए पछि ठूलो संख्यामा सर्वसाधारणमात्र नभएर विभिन्न दलका नेता कार्यक्रता पनि माला लगाएर बस्नेतको स्वागत गरेका थिए ।

कार्यक्रममा एक मधेशी नेताले भने, जनताको पक्षमा काम गर्ने नेतालाई जनताले सम्मान गर्न कन्जुस्याई गर्दैनन । तर हामीलाई पनि यस्तै नेताको खाचो छ । त्यसपछि मलंगवा अस्पतालको अवलोकनमा निस्कदा पनि मन्त्री बस्नेतको भव्य स्वागत गरिएको थियो । मन्त्री बस्नेतले आफु सबै नेपालीको स्वास्थ्य मन्त्री भएकाले मन्त्रालयले सबैलाई समान रुपले व्यवहार गर्ने बताए ।


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...