back
स्वास्थ्य मन्त्रालय

स्वास्थ्य बीमा बोर्डका स्वास्थ्य सेवाका कर्मचारीहरुको काज फिर्ता

498 

shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले जिल्ला स्थित कार्यालयहरुमा कार्यरत स्वास्थ्य सेवाका सबै कर्मचारीहरलाई काज फिर्ता हुन पत्रचार गरेको छ।

बोर्डले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प।स।०८०।०८१, च. नं. ८५, मिति २०७०/०३/३१ को प बोर्डमा मिति २०८०/०४/१८ मा प्राप्त भएकोले पत्रमा उल्लेख भएबमोजिमका कर्मचारीहरू समयोजन भएको तत् तत् तहमा काज फिर्ता हुन अनुरोध गर्दै पत्रचार गरेको हो ।

सुचनामा भनिएको छ ‘स्वास्थ्य बीमा बोर्ड र मातहतका जिल्लास्थित कार्यालयहरुमा कामकाजमा खटिएका कर्मचारीहरुको कामको प्रकृति, भाद्र चक्रको बीमितको विवरण, बीमा व्यवस्थापन सूचना प्रणाली (IMIS) प्रविष्टि प्रिमियम संकलनको हिसाब मिलान, दर्ता सहयोगीको प्रोत्साहन रकम निर्धारण र सिफारिस, बैंक दाखिला रकमको CAS (CENTRAL ACCOUNTING SYSTEM) मा प्रविष्टि लगायतका कार्य समयमै सम्पन्न गरि देहाय बमोजिम गर्नु गराउनु हुन स्वास्थ्य बीमा बोर्ड ९कार्यकारी निर्देशकस्तर० को मिति २०८०।०४।२४ को निर्णयानुसार अनुरोध छ।‘

त्यसैगरी सुचनामा भाद्र साईकलको विवरण प्रविष्ट गरी सक्नु पर्ने समयावधी २०८० श्रावण मसान्त सम्म तोकिएकोमा कतिपय जिल्लाहरूमा बिजुलीको अनियमितता, इन्टरनेट तथा वाईफाईको उपलब्धता, भौतिक सामाग्रीको पर्याप्तता, दर्ता अधिकारीहरुको उपलब्धता र प्रदेश संयोजक तथा दर्ता अधिकारीहरुसंगको मिति २०८०।०४।२२ गतेको कुराकानीका आधारमा विवरण प्रविष्ट २०८०।०५।०७ गते भित्र सम्पन्न गरि सक्नुपर्ने, क्ष्ःक्ष्क् र ऋब्क् मा हिसाब मिलान २०८०।०५।१० गते भित्र सम्पन्न गरिसक्नु पर्ने र सबै विवरण भिडान भैसके पश्चात दर्ता सहयोगीको कमिसन मिति २०८०।०५।१५ गते भित्र बोर्ड समक्ष पेश गरि सक्नु पर्ने समयावधी तोकिएकोले सो कार्य अनिवार्य सम्पन्न गर्नु भई बरबुझारथ गरी रमाना लिनुहुन भनिएको छ।

त्यस्तै स्वास्थ्य सेवाका कर्मचारीमात्र कार्यरत रहेका पाँचथर, सर्लाही, सप्तरी, दोलखा, लमजुङ्ग, पर्वत, प्युठान, डोल्पा र डोटी लगायतका जिल्लाहरुमा कार्यरत दर्ता अधिकारीहरुले सो स्थानमा वैकल्पिक व्यवस्था नभएसम्म वा अर्को कर्मचारी उपस्थित नभएसम्म यथावत रुपमा कामकाज गरिरहन र अर्को कर्मचारी उपस्थित भए पछी ७ दिनभित्र बरबुझारथ गर्नु भई रमाना लिन भनिएको छ।

३स्वास्थ्य बीमा बोर्डमा कार्यरत कर्मचारीहरूको हकमा भने आफुलाई तोकिएको कार्य सम्पन्न गरी २०८० श्रावण मसान्तभित्र समायोजन भएको तहमा रमाना बुझी जान भनिएको छ।


चर्चित गायक नविन पौडेललाई पितृ शोक

चर्चित गायक नविन पौडेललाई पितृ शोक

काठमाडौं । पछिल्लो समय भाइरल बनेको ‘१८ कट्यौ कि...

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

सार्वजनिक जग्गा संरक्षण नहुँदा अतिक्रमणको चपेटामा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका ५ मा रहेको सार्वजनिक जग्गा...

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

रैथाने बालीको संरक्षण गर्दै खाद्य बैंक

भोजपुर । खाद्यान्न उत्पादन, भण्डारण तथा वितरणको उद्देश्यले स्थापना...

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

सयपत्री फूलबाट बाह्रै महिना आम्दानी

झापा । घरका आँगन वरिपरि, बगैँचाभरि तिहारमा मात्र फुलाइने...

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

दुर्गमको विद्यालयमा तीन दशक बिताउँदा‍‍‍‍‍‍‍‍‘

बेनी । शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आएका...

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

आलुले बजार र मूल्य नपाउँदा किसान मर्कामा

ढोरपाटन । निसेलढोर र ढोरपाटन क्षेत्रका कृषक आलु भ्यिाउने...