back
sanima relaince life
citizen life
machapuchre bank

क्यूएए प्रमाणीकरण भएको खुशीयालीमा कोटेश्वर क्याम्पसको प्रभातफेरी

7.4K 

shares
sanima relaince life
citizen life
machapuchre bank

काठमाडौं । विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चिता तथा प्रत्यायन (क्यूएए) प्रमाणीकरण हुन सफल भएकोमा कोटेश्वर बहुमुखी क्याम्पसले सोमबार प्रभातफेरी कार्यक्रम गरेको छ । जडिबुटीस्थित क्याम्पसको प्राङ्गणबाट बिहान ७ बजे सुरु भएको प्रभातफेरी कोटेश्वर, महादेवस्थान हुँदै पुनःक्याम्पसमै पुगेर समापन गरिएको थियो ।

प्रभातफेरीको सुभारम्भ क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष रामबाबु नेपाल, क्याम्पस प्रमुख गोविन्दबहादुर कार्की, पब्लिक क्याम्पस प्राध्यापक संघ ईकाईका सभापति सुरेश पोखरेल र स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष संजय बुढाथोकी लगायतले गरेका थिए । प्रभातफेरीमा क्याम्पस व्यवस्थापन समितिका पदाधिकारी, क्याम्पसका प्राध्यापकहरु, कर्मचारी, विद्यार्थीहरु, पूर्व विद्यार्थी सहित शुभचिन्तक सहभागी थिए ।

विसं २०४७ सालमा स्थापना भएको कोटेश्वर बहुमुखी क्याम्पस लामो समयसम्म कोटेश्वर महादेबस्थानस्थित कोटेश्वर सरस्वती माविको भवनमा भाडामा विहानी सत्रमा सञ्चालन भएको थियो । चार वर्ष पहिले जडिबुटीमा क्याम्पसको आफ्नै भवन बनेपछि अहिले बिहानी सत्रमा स्नातक तथा स्नातकोत्तर कक्षा र दिवा सेवामा प्लस टू कक्षा सञ्चालित छन् ।

कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको कोटेश्वर क्याम्पसले गत महिना विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चिता तथा प्रत्यायन ९क्यूएए० प्रमाणीकरण हुन सफल भएको हो । यो वर्ष देशभरिका सामुदायिक कलेजहरुमध्ये कोटेश्वर क्याम्पस सहित दुई वटा क्याम्पसले मात्र क्यूएए प्राप्त गरेका थिए ।

क्याम्पसले प्राप्त गरेको महत्वपूर्ण उपलब्धीलाई जनसमक्ष पुर्याएर खुशी बाढ्न प्रभातफेरी आयोजना गरिएको कोटेश्वर क्याम्पसका प्रिन्सिपल गोविन्दबहादुर कार्कीले बताए । प्रभातफेरी कोटेश्वर महादेशस्थान पुगेपछि त्यहाँका पुजारीले टीका र मालाले स्वागत गरेका थिए ।

महादेबस्थानमा आयोजना गरिएको कोणसभामा व्यवस्थापन समितिका अध्यक्ष नेपाल, उपाध्यक्ष डा।सावित्री श्रेष्ठ, प्रिन्सिपल कार्की, स्ववियू सभापती बुढाथोकी लगायतले क्याम्पसले गरेका हरेक उपलब्धीमा प्राध्यापक, कर्मचारी, विद्यार्थी र अभिभावकहरुको उत्तिकै मेहनत रहेकोमा जोड दिएका थिए । क्याम्पसले आजै क्याम्यस स्थापना कालमा अतुलनीय योगदान गर्नु भएका व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम पनि आयोजना गर्ने जनाएको छ ।


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...