back
RBB

स्वास्थ्यमन्त्री बस्नेतद्वारा चण्डेनी स्वास्थ्य चौकीको उद्घाटन

588 

shares

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डनदेउपुर वडा नम्बर १० मा निर्माण सम्पन्न भएको चण्डेनी स्वास्थ्य चौकी भवनको आईतबार एक समारोहबिच स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा चण्डनदेउपुर नगरपालिकाका मेयर टोकबहादुर वाइवा र उपमेयर विष्णुमणि नेपाल पनि सहभागी थिए ।

स्वास्थ्य चौकी भवन प्रांगणमा आयोजना गरिएको समारोहमा बोल्दै स्वास्थ्य मन्त्री बस्नेतले स्वास्थ्य चौकी सञ्चालनका लागि आवश्यक पर्ने उपकरण स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने आश्वासन दिए । मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय पनि अहिले बजेट कटौतीको मारबाट गुज्रिरहेकाले भने जतिको उपकरण र जनशक्ति व्यवस्थापन गर्न सक्ने अवस्थामा नरहेको भए पनि भएको सिमित साधन श्रोतबाट अत्यावश्यक उपकरण उपलब्ध गराइने बताए ।

आफूले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेको ६ महिनामा विपन्न र गरिव विरामीको उपचार सेवाका क्षेत्रमा धेरै काम गरेको दावी गर्दै प्रत्येक अस्पतालमा १० प्रतिसत शैया विपन्नका लागि निशुल्क गर्ने व्यवस्था कडाइका साथ लागु गराएको र संघीय अस्पतालका साडे ३ हजार जनरल बेड विपन्नका लागि निशुल्क गराएको मन्त्री बस्नेतले जानकारी दिए ।

आउदो ६ महिना भित्र स्वास्थ्यमा देखिने गरि स्वास्थ्य सुधारका क्षेत्रमा काम गर्ने बाचा मन्त्री बस्नेतले गरे । कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य चौकी निर्माणका लागि जग्गा दान गर्ने उपमेयर विष्णुमणी नेपाल, पिताम्बर नेपाल लगायतका दोसल्ला ओडाएर सम्मान गरेका थिए । कार्यक्रममा देउसी भैली समेत खेलिएको थियो ।


प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच दुबईमा भेटवार्ता

दुबइ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी...

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

भरतपुर अस्पतालमा आइसियुको शैंया ३८ पु-याइयो

चितवन । चितवनको भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)...

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

‘गुसी शान्ति पुरस्कार–२०२३’ बाट पूर्व युवराज्ञी हिमानी शाह सम्मानित

काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह ‘गुसी शान्ति पुरस्कार २०२३’...

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा ठूलो जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन यूएईमा

दुबई । कोप–२८ आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घको अहिलेसम्मकै सबैभन्दा...

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

६० वर्षपछि लालपुर्जा पाइने भएपछि स्थानीयमा खुशीयाली

कैलाली । कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको...

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ महानगरले खुलायो जागिर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिब घर परिवार पहिचानका लागि...