back
nepal rastra bank aniversary

राजीव गान्धी र सिएमसीबीच प्रविधि आदानप्रदान सम्झौता

684 

shares
nicasia bank

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा चितवनको सिएमसी क्यान्सर इन्स्टिच्युटबीच सीप, अनुसन्धान र प्रविधि आदनप्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका निर्देशक प्रा डा सुधिरकुमार रावल र चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिश्चन्द्र न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार राजीव गान्धीका विज्ञ चिकित्सकले सिएमसीका चिकित्सकलाई तालिम दिनुहुने चितवन मेडिकल कलेजका शैक्षिक विभाग निर्देशक प्रा डा गोपेन्द्रप्रसाद देवले बताए । राजीव गान्धीका चिकित्सकसहित सिएमसीमा क्यान्सर परीक्षण तथा उपचार शिविरसमेत सञ्चालन गरिने छ ।

नेपालका विभिन्न ठाउँमा सिएमसीले आयोजना गर्ने शिविरमा राजीव गान्धीका चिकित्सक सहभागी हुनेछन् । उनले भने “अस्पतालमा र बाहिर हामीले जहाँ क्यान्सर परीक्षण शिविर राख्छौँ त्यहाँ राजीव गान्धीका चिकित्सक आउँछन् ।” क्यान्सर अनुसन्धानमा पनि सहयोग आदान प्रदान हुनेछ ।

यहाँका चिकित्सक राजीव गान्धीमा गएर तालिम लिने सम्झौतामा उल्लेख छ । प्रा डा देवले भने , “यहाँभन्दा त्यहाँ बिरामी धेरै हुन्छन् । त्यहाँ तालिम लिँदा प्रभावकारी हुन्छ ।” आवश्यकताअनुसार तीन महिनादेखि एक वर्षको तालिम हुनेछ । क्यान्सर बिरामीको तथ्याङ्क राख्ने काममा पनि सहयोग प्राप्त हुनेछ । डा देवले भन्नुभयो, “हाम्रो सूचना प्रविधिको जनशक्तिले त्यहाँ गएर तालिम लिनेछ ।”

सिएमसी क्यान्सर इन्स्टिच्युटको ट्युमर बोर्डको बैठकमा समेत राजीव गान्धीका चिकित्सक अनलाइनमार्फत सहभागी हुनेछन् । सिएमसीमा कुनै पनि क्यान्सरको बिरामी आएपछि उसलाई कस्तो किसिमको उपचार कसरी सुरु गर्ने भन्ने विशेषज्ञको समूहमा छलफल हुने गर्दछ । यस्ता छलफलमा राजीव गान्धीका चिकित्सक अनलाइनमार्फत अडियो भिजुअलमा सहभागी हुन्छ । प्रा डा देवले भन्े “उनीहरुले छलफलमा विज्ञको राय दिन्छन् ।”

चितवन मेडिकल कलेजले एक सय शय्याको ‘सिएमसी क्यान्सर इन्स्टिच्युट’ सञ्चालनमा ल्याएको छ । इन्स्टिच्युटको बिहिबार उद्घाटन गरिएको छ । इन्स्टिच्युटमा मस्तिष्कमा रहेको ट्युमर, घाँटी तथा टाउकोसम्बन्धी, फोक्सो, स्तन, पेट, कलेजो, पाठेघरको मुख र गर्भाशय, मूत्रासय र अन्य क्यान्सरको उपचार सुरु गरिएको छ । जिल्लामा एशियाकै नमूना क्यान्सर अस्पतालको रुपमा स्थापना गरिएको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसमेत छ । बिरामीकोे चापका कारण यहाँ पालो नपाएका बिरामी अहिले पनि भारतसहित अन्य देश जान बाध्य छन् । सरकारी दर रेटमा नै सिएमसीले क्यान्सरको उपचार थालेको छ । सरकारले दिने सहुलियतसमेत यस अस्पतालमा पाइन्छ ।


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको झापाको भद्रपुरमा नयाँ शाखा विस्तार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको झापाको भद्रपुरमा नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा...

होटल सरोवर र किंस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

होटल सरोवर र किंस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

काठमाडौं । प्रभु बैंकले आफ्ना कर्मचारी तथा ग्राहकका लागि...

कैलाश सिरोहियालाई गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला

कैलाश सिरोहियालाई गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कान्तिपुर...

गलत समय र गलत तरिकाबाट सिरोहियालाई गिरफ्तार गरियो : राजेन्द्र लिङ्देन

गलत समय र गलत तरिकाबाट सिरोहियालाई गिरफ्तार गरियो : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले...

सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौं : प्रधानमन्त्री

सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका...

हाम्रो माग पूरा भएन भने तपाइहरुको मिसन ०८४ मा देखाउनेछौँ : सहकारी पीडित

हाम्रो माग पूरा भएन भने तपाइहरुको मिसन ०८४ मा देखाउनेछौँ : सहकारी पीडित

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रबारदेखि...