back
rubela khop

क्यान्सर उपचारमा ‘कार–टी सेल थेरापी’को प्रयोगशाला परीक्षण सफल, नेपालमै उत्पादन गर्न सकिने

426 

shares
rubela khop

काठमाडौं। क्यान्सर उपचारको नविनतम बिधा ‘कार–टी सेल थेरापी’को नेपालमै उत्पादन गर्न सकिने दाबी गरिएको छ । एक कार्यक्रकाबीचमा कार–टी सेल थेरापी’को प्रयोगशाला परीक्षण सफल भएको विज्ञहरुले दाबी गरेका छन्।

सेन्टर फर रिजेनरेटिभ मेडिसिन (सीआरएम) नेपालले आज यस विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्दे संयुक्त राज्य अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनबाट प्रमाणित सिडी–१९ को प्रयोगशालामा कार–टी सेलको सफलतापूर्वक परीक्षण गरेको बताएको हो।

सीआरएम नेपालको सीडी (१९ कार–टी सेल स्वीस औषधि निर्माता नोभार्टिस र गिलियाडको कार–टी सेल जत्तिकै प्रभावकारी देखिएको सीआरएमका सल्लाकार समेत रहेका अमेरिकाकाको एस्ट्राजेनेका फार्मास्युटिकल्सको अन्कोलोजी विभागमा कार्यरत डा. सञ्जीवन गौतमले बताएका छन्।

डा गौतमले कार–टी सेल उपचार पद्धतिले रक्त क्यान्सरको प्रकारहरु अक्युट लिम्फोब्लास्टिक ल्युकेमिया (एएलएल) तथा नन(हजकिन लिम्फोमा (एनएचएल)का बिरामीहरुमा निकै प्रभावकारी देखिएको जानकारी दिए।

त्यसैगरी उनले नेपालमा यो पद्धति प्रयोगमा ल्याउन सकेमा देशकै लागि ठूलो अवसर हुने बताए । ‘उनले भने, ‘कार्टिसेलमा प्रयोग हुने रिएजेन्ट र उपकरण निकै महङ्गा र जटिल प्रविधियुक्त हुन्छन्। तीनदेखि पाँच करोडसम्म खर्च लाग्ने कार–टी सेल थेरापीलाई दश गुणा कम लागतमा उपलब्ध गराउने उद्देश्यका साथ सीआरएम नेपालले काम गरिरहेको बातए।

त्यसैगरी वीर अस्पतालकी वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्राडा. रमिला शिल्पकार रक्त क्यान्सरमा सफलतापूर्वक परीक्षण गरिएको यो उपचार पद्दति नेपाल प्रयोगमा ल्याउँदा वर्षेनी एक सय जना भन्दा बढी बिरामी लाभान्वित हुने प्रक्षेपण रहेको बताइन्। उनले यो पद्धति विस्तारै अन्य क्यान्सरमा पनि प्रयोग हुने क्रममा रहेको जानकारी दिइन्।

त्यस्तै वीर हस्पिटलका वरिष्ठ कलेजोरोज विशेषज्ञ प्राडा सुधांशु केसीका अनुसार कार–टी सेल थेरापी क्यान्सर मात्र नभै कलेजो, मधुमेह, स्वप्रतिरक्षा तथा मुटु सम्बन्धी रोगहरुमा पनि प्रभावकारी देखिएको बताए।

कार–टी सेल थेरापीले अबका केही वर्षमा नै उपचार पद्दतिमा महत्वपूर्ण हिस्सा ओगट्ने बेलायतको केभेन्ट्री विश्वविद्यालयका डा ओम कुर्मीले जानकारी दिए।

जेनेटिसिष्ट बलराम गौतमका अनुसार कार–टी सेल प्रविधिका लागि आवश्यक सामान पश्चिमा मुलुकबाट ‘फ्रिजिङ्ग कन्डिसन’मा आयात गर्नुपर्ने हुँदा महङ्गो पर्ने र ढुवानीमा जटिलता आउनेजस्ता समस्या भएकाले यसमा सरकारको सहजीकरण आवश्यक रहेको बताए।

हालसम्म अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले ६ वटा कार–टी सेललाई मान्यता दिएको बताइएको छ।

 


फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो...

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

नुवाकोट। अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति...

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भैरहवा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका...

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको...

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यही फागुन २२ देखि...

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम...