back
rubela khop

क्यान्सर रोग न्यूनिकरण गर्न सबैको साथ र सहयोग आवश्यक छ : मन्त्री बस्नेत

528 

shares
rubela khop

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले क्यान्सरलाई न्युनिकरण गर्न सबैको साथ र सहयोग हुनुपर्ने बताएका छन् ।

विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले क्यान्सरविरुद्ध योजनाहरुलाई कार्यान्वयन गर्दै यसलाई उन्मुलन र न्युनिकरण गर्न मदत पुग्छ भन्ने विश्वास लिएको बताएका हुन् । साथै उनले त्यसको लागि कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्रप्रसाद मरासीनिका अनुसार नेपालमा कुल मृत्य ११.११ प्रतिशत क्यान्सरबाट हुने गरेको छ ।

उनले भने, ‘२०२० को तथ्यांक अनुसार नेपालमा क्यान्सरसँग सम्बन्धित मृत्युदर ४० प्रतिशत बढी रहेको छ ।’ उनले मुख्य गरी फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरबाट बढी मृत्यु हुने गरेको बताए । त्यसैगरी उनले नेपालमा प्रत्येक वर्ष करिव २० हजार भन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको बताए ।

२०२० मा क्यान्सरकै कारणले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो । नेपालमा देखिएका मुख्य क्यान्सरहरुमा फोक्सो, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्रको क्यान्सहरु रहेका छन् ।

उनका अनुसार पुरुष र महिलाको तुलना गर्दा पुरुषमा फोक्सोको क्यान्सर, आमाशयको क्यान्सर, मुख तथ मुखजन्य क्यान्सर र अन्य क्यान्सरहरु बढी देखिन्छ भने महिलाको हकमा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर सबैभन्दा बढी देखिने गरेको छ ।

विश्वको तथ्यांकअनुसार प्रत्येक ६ जनामा एक जनाको मृत्यु क्यान्सरबाट हुने गरेको छ । क्यान्सरबाट मत्यु हुने कारक तत्वहरुमध्ये सुर्तिजन्य पदार्थको सेवन, मद्यपानको सेवन प्रमुख हुन् ।


फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो...

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

नुवाकोट। अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति...

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भैरहवा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका...

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको...

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यही फागुन २२ देखि...

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम...