back
rubela khop

त्रिविको लापरवाहीले विद्यार्थीहरु सधैँ हैरानी खेप्न बाध्य

762 

shares
rubela khop

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको हेलचेक्र्याइँका कारण अधिकांश विद्यार्थीहरु हैरानीमा पर्ने गरेका छन् । परीक्षा फारम भर्ने, रिजल्ट हेर्नेदेखि ट्रान्सक्रिप्ट निकाल्ने, नाम सच्याउने, विषय परिवर्तन गरिएको तर सम्बन्धित ठाउँमा नहुने गरेका र सिम्बोल नम्बर स्पष्ट नहुनेलगायतका विभिन्न समस्याले त्रिविबाट विद्यार्थीहरु प्रताडित हुने गरेका हुन् ।

अहिलेको प्रविधिलाई राम्रोसँग उपयोग गरी लेबल, विषय, छुट्टाछुट्टै राखेर दूरदराजका सम्पूर्ण विद्यार्थीले स्पष्ट बुझ्ने गरी नतिजा वेबसाइटमा राख्नुपर्ने हो । त्यसमा सबै लेभल, विषय, संकाय र भर्ना वर्ष स्पष्ट खुलाउनुपर्नेमा त्यो गरिएको पाइँदैन । त्यस्तै परीक्षाको समयमा परीक्षा सेन्टर पनि सबैले बुझ्ने र खोज्न सजिलो हुने गरी वेबसाइटमा राखिएको हुँदैन । देशभरका सबै विद्यार्थीलाई प्रविधिको उपयुक्त ज्ञान नहुन सक्छ ।

त्यतातिर पनि त्रिविले ध्यान दिन जरुरी छ । उता सरकारी सामुदायिक क्याम्पसहरुमा राम्रोसँग पढाइ भएको छ कि छैन भनेर त्रिविले खोजतलास गरेको पनि छैन । खाली परीक्षाको समयमा आफ्नै ढंगले प्रश्नपत्रहरु तयार गर्ने तर, पढाइ हुने बेलामा बेवास्ता गर्ने प्रवृत्तिले पछिल्लो समय त्रिविको लोकप्रियता घट्दै गएको विद्यार्थीहरुको गुनासो छ ।

त्यस्तै परीक्षा समयमा नहुने, रिजल्ट समयमा नहुने र अधिकांश सरकारी क्याम्पसमा पढाइ नहुने समस्या त्यतिकै छन् । त्योसँगै कतिपय विद्यार्थीको रजिष्ट्रेसन कार्ड, मार्कसिट र प्रवेशपत्र हराउने समस्या त्यतिकै छन् । त्रिवि र सम्बन्धित क्याम्पसको लापरवाहीका कारण विद्यार्थीको कागजपत्र हराउने तर खोजी गर्न जाँदा त्रिविमा गएर निवेदन दिनु भन्ने जस्ता समस्याहरु विद्यार्थीले खेपिरहेका छन् ।

त्रिविको लापरबाहीको कारण टाइप मिस्टेकदेखि अक्षर स्पष्ट बुझिने गरी नलेखिएका, कतिपयको नाम, नम्बर र विषय टाइप गर्दा स्पेलिङ छुटाइएको तर फारममा सही भरिएको विषयमा पनि सच्याएपिच्छे विद्यार्थीलाई पैसा तिराउने गरिन्छ । त्रिविमा यो समस्या अहिलेको मात्रै होइन, वर्षौंदेखि भोग्दै आउनुपरेको विद्यार्थीको गुनासो छ ।

यस्तो छ त्रिवि साइटको हालत 

त्यस्तै, रिजल्ट हेर्ने, फाराम भर्ने र परीक्षा सेन्टर खोज्नेबेलामा पनि त्रिविको वेबसाइट ह्याङ हुने समस्याले अधिकांश विद्यार्थीहरु मारमा पर्ने गरेका थुपै्र उदाहरण छन् । उता, कुन लेभल र कुन संकायको रिजल्ट प्रकाशित गरिएको हो सोको जानकारी समेत बुझ्ने गरी राखिएको पाइँदैन । विद्यार्थीले त्रिविको वेभसाइटमा रिजल्ट हेर्न खोज्दा अनावश्यक विज्ञापनले साइट भरिने गरेको प्रायः पाइन्छ ।

यसरी त्रिविको वेबसाइट गतिलो नहुँदा सधैँभरी विद्यार्थीले चाहेको बेलामा सेवा उपभोग गर्न पाउँदैनन् । त्यसपछि मेसेज बक्समा मेसेज गर्नु भनेर पैसा असुल्ने गरेको पाइन्छ । यसरी जहिले पनि त्रिविले वेबसाइट हुदाँहुदैँ विद्यार्थीलाई मेसेस बक्सम मेसेज गर्न लगाएर पैसा खर्च गर्न लगाउने गरेको छ । चाहिने बेलामा काम नदिने वेबसाइट बनाएर अनावश्यक खर्च गरी कमिसन खाने काम त्रिवि कर्मचारीले गर्दै आएका छन् ।

त्रिविले विद्यार्थीको संख्या अनुसारको भार थेग्ने साइट बनाउन सक्दैन ? विद्यार्थीलाई आवश्यक पर्दा सधैं साइट ह्याङ हुने ? यदि त्रिविले वेबसाइटलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सक्दैन भने पहिलाको जस्तै गोरखापत्रमा रिजल्ट प्रकाशित गरे भइगोनि । नत्र भने सम्पूर्ण विद्यार्थीको पहुँचमा हुनेगरी सेवासुविधा प्रभावकारी हुनुपर्छ । राजनीतिक पार्टीको झण्डा बोकेर त्रिविको उपकुलपति हुने परम्पराले त्रिविको हालत नाजुक बन्दै गएको छ ।

उता, कर्मचारीहरु सेवाग्राहीको कामभन्दा पनि खाली राजनीतिक पार्टीको आँडमा घुमेर दिन बिताउने गरेका छन् । उपकुलपति र कर्मचारीकै कारण देशकै माथिल्लो शैक्षिक संस्था त्रिवि यतिखेर विद्यार्थीबिच अलोकप्रिय बन्दै गएको छ । जसको परिणाम स्वरुप नेपालका अधिकांश विद्यार्थीहरु विदेशिन बाध्य भएका छन् । क्षमता विकास गर्ने माथिल्लो शिक्षण संस्था त्रिविको लापरवाहीका कारण पछिल्लो समय विद्यार्थीको संख्या कम हुदैँ गएको छ ।

यसप्रति शिक्षा मन्त्रालय र सम्बन्धित निकाय मुकदर्शक बनेर बसेको छ । अहिले त्रिविभित्र हुने यस्ता किसिमका विकृति र विसंगति सुधार्न भनेर खुल्ला प्रतिस्पर्धाबाट उपकुलपति छान्ने भनिएको छ । त्यसमा उपकुलपति बन्नको लागि १४ जनाको लर्काे लागेको छ । यसरी खुल्ला प्रतिस्पर्धाबाट छानिएर आउने उपकुलपतिले त्रिविमा सुधारका काम गर्लान् ? कि खुल्ला प्रतिस्पर्धाको नाममा राजनीतिक भागबण्डाद्वारा पुरानैशैलीमा उपकुलपति छानिन्छ, त्यो भने हेर्न बाँकी छ ।

 


फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो...

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

नुवाकोट। अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति...

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भैरहवा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका...

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको...

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यही फागुन २२ देखि...

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम...