back
rubela khop

शिक्षकसँग भएका सहमती कार्यन्वयन गर्न सरकार तयार छ : स्वास्थ्य मन्त्री बस्नेत

1.3K 

shares
rubela khop

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले शिक्षकसँग भएका सहमती कार्यन्वयन गर्न सरकार तयार रहेको बताएका छन् । नेपाल शिक्षक संघ सिन्धुपाल्चोकको २२ औं जिल्ला प्रतिनिधि सभा सम्मेलनको शनिबार बलेफीमा उदघाटन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले चार महिनापहिले आन्दोलनरत शिक्षकहरुसँग गरिएको सम्झौता र सहमतीको भावना अनुसार कार्यन्वयन गर्न सरकारले गृहकार्य सुरु गरिसकेको बताएका हुन ।

मन्त्री बस्नेतले भने, ‘ शिक्षकहरुसँग भएको सम्झौता कार्यन्वयन गर्न सरकार सकारात्मक ढंगले अगाडि बढेको छ । साधन र श्रोतले भ्याएसम्म सरकारले शिक्षकका पक्षमा काम गर्छ ।’ शिक्षक कमजोर भए देशको शिक्षाको अवस्था कमजोर हुने बताउदै मन्त्री बस्नेतले शिक्षकहरुको पेसागत सुरक्षा र शिक्षाको गुणस्तर बढाउने काममा सरकार अग्रसर रहेको दावी गरे ।

पहिलेको तुलनामा पछिल्ला वर्षमा शिक्षकहरुको आर्थिक हैसियत सुधार हुदै गएको बताउदै शिक्षकहरुले निरासाका कुरा भन्दा आशावादी कुरा गरेर देशका शिक्षाको विकासमा योगदान दिनु पर्नेमा मन्त्री बस्नेतको जोड थियो । कक्षा १२ सम्मको शिक्षा निशुल्क हुनु पर्छ भन्ने मान्यताका साथ आफुले विभिन्न फोरमहरुमा कुरा उठाउदै आइरहेको बताउदै यसै सरकारले १२ कक्षासम्मको शिक्षा निशुल्क घोषणा गर्ने दावी गरे ।

मेडिकल शिक्षाको विकासका लागि वर्तमान चिकित्सा शिक्षा ऐन संसोधन गर्नु आवश्यक रहेको बताउदै वर्तमान सरकारले ऐन संसोधन गरेर देशमै चिकित्सा शिक्षा पढ्ने वातावरण बनाउन लागिपरेको जानकारी दिए । त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष एवं नेपाली कांग्रेस सिन्धुपाल्चोकका सचिव भक्तध्यज बोहोराले शिक्षकहरुले सरकारसँग भएको सिमित श्रोत र सधानलाई मध्यनजर गरेर आफ्ना माग राख्नु पर्ने बताए ।

नेपाल शिक्षक संघका केन्द्रय महासचिव लक्ष्मीकिशोर सुवेदीले स्थानिय तहको टाउकोमा हालेर केन्द्र सरकार शिक्षा र स्वास्थ्यका सवालमा पन्छिन नमिल्ने बताउदै शिक्षकहरुले काठमाडौंका सडकमा उत्रिएर गरेको देशव्यापी आन्दोलन र त्यसको बलमा गरिएको सहभतीका आधारमा शिक्षकहरुमा माग तत्काल सम्बोधन गर्नु पर्नेमा जोड दिए ।

नेपाल शिक्षक संघ सिन्धुपाल्चोकमा अध्यक्ष ऋषिराम पौडेलले शिक्षकहरुमा जायज माग सम्बोधन गर्न ढिलाई गर्न नहुने बताए । शिक्षक संघकी उपाध्यक्ष निर्मला तिमिल्सिनाले विधान अनुसार नेपाल शिक्षक संघले एक वर्षभित्र गरेका कामहरुको समिक्षा र भावी रणनीतिका विषयमा छलफल गर्न सभा आयोजना गरिएको बताइन ।

कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता सुभाष तिमिल्सिनाले शुभकामना व्यक्त गर्दै शिक्षक संघ नेपाली कांग्रेसको शुभेच्छुक संस्था भएकाले शिक्षकहरुका जाजय मागहरु पुरा गर्न पार्टीको सहयोग रहने बताए । कार्यक्रममा शिक्षक नेताहरु नारायण तिमिल्सिना, गिता शिवाकोटी लगायतले शिक्षकहरुका माग सम्बोधन गर्न सरकार अग्रसर हुनु पर्ने बताएका थिए ।

कार्यक्रममा स्वास्थ्य मन्त्री बस्नेतले गत वर्ष सेवा निवृत भएका दुई दर्जनभन्दा बढी शिक्षकहरुलाई सम्मान गरेका थिए । कार्यक्रममा जिल्ला भरिका प्रतिनिधि शिक्षक अगुवाहरु सहभागी थिए ।


फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

फेयरफिल्ड काठमाडौंले आफ्नो सातौं बार्षिकोत्सब मनाउँदै

नेपालको पहिलो म्यारिअट ब्राण्डेड होटल फेयरफिल्ड वाई म्यारिअटले यो...

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

कमाउन र रमाउन विदेश नै जानुपर्छ भन्ने छैनः अर्थमन्त्री डा.महत

नुवाकोट। अर्थमन्त्री डा प्रकाशरण महतले ग्रामीण क्षेत्रको विकासका निम्ति...

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भ्रष्टाचारविरुद्धको अभियानमा विश्राम लाग्दैन : गृहमन्त्री श्रेष्ठ

भैरहवा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका...

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

गुरुकुल शिक्षाको वैज्ञानिक स्वरुप ‘अवाकस’ : सांसद बडू

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले गुरुकुल शिक्षाको...

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री फिनल्यान्ड भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद यही फागुन २२ देखि...

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका नवनियुक्त अध्यक्ष हेम...