back
sanima relaince life

घरमै पुगेर पाठेघरको उपचार

504 

shares
sanima relaince life

काठमाडौं । हलेसी तुवाचुङ नगरपालिकामा पाठेघरसम्बन्धी समस्या भएका महिलाको घरमै पुगेर निःशुल्क उपचार गरिएको छ । ११ वडा रहेको उक्त नगरपालिकाका सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर पाठेघरसम्बन्धी समस्या भएका महिलाको घरमै पुगेर निःशुल्क उपचार गरिएको हो ।

नगरपालिकाले सञ्चालन गरेको अभियानका क्रममा दुई सय २५ महिलाले निःशुल्क सेवा लिएका छन् । त्यसमध्ये ३२ महिलामा जटिल समस्या देखिएकाले शल्यक्रियामार्फत उपचार गर्नुपर्ने अवस्था देखिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले जानकारी दिए ।

शल्यक्रिया गर्नुपर्ने अवस्थाका महिलासँग नियमित सम्पर्कमा रहेर आगामी फागुन १ गते बनेपास्थित अस्पतालमा लगेर निःशुल्क उपचारको व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । पाठेघरसम्बन्धी जटिल समस्या देखिएका महिलाको नगरपालिकाले आफ्नै खर्चमा निःशुल्क शल्यक्रिया गरिदिने भएपछि पीडित महिला खुसी भएका छन् ।

नगरपालिकाले वडामा परिचालन गरेका स्वास्थ्यकर्मीले तत्कालका लागि एक सय छ महिलाको पाठेघरमा ‘रिङ प्रेसरी’ राखिदिएका छन् । अभियानका क्रममा एक सय चार महिलाको पिआइडी ९पाठेघरसम्बन्धी सङ्क्रामक रोगको उपचार गरिएको जनाइएको छ ।

मानव बस्ने पहिलो घर पाठेघर भएकाले त्यसलाई जोगाउन नगरपालिकाले हरेक घरमा स्वास्थ्यकर्मी खटाएर उपचार गर्ने व्यवस्था मिलाएको नगरप्रमुख विमला राईले बताइन् । “अघिल्लो वर्ष नगरपालिकाले सञ्चालन गरेको पाठेघरको उपचारसम्बन्धी शिविरमा धेरै महिला लजाएर आएनन्”, उनले भनिन्, “नगरपालिकावासी महिलामा पाठेघरसम्बन्धी समस्या जटिल बन्दै गएकाले यस वर्ष हरेक महिलाको घरमै स्वास्थ्यकर्मी खटाएर निःशुल्क उपचारको व्यवस्था मिलाइएको हो ।”

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने नगरपालिकामा कम उमेरमा विवाह गर्ने महिलामा सबैभन्दा बढी पाठेघरसम्बन्धी समस्या देखिएको स्वास्थ्यकर्मीले बताएका छन् । १० स्थानीय तह रहेको जिल्लामा १८ प्रतिशतभन्दा बढी महिलामा पाठेघर खस्ने समस्या देखिएको एक तथ्याङ्कले देखाएको छ ।
यौन शिक्षाका विषयमा खुलेर बोल्न नचाहने, समस्या लुकाएर बस्ने अर्थात् उपचारका बारेमा जानकारी नहुँदा पाठेघर खसेका महिला पीडादायी जीवन बिताउन बाध्य भएको पाइएको छ । गाउँघरमा लुकेर रहेका पाठेघर खस्ने समस्याप्रति सरोकारवाला निकायले समेत चासो नदेखाएको सामाजिक अभियानकर्मीले बताएका छन् ।


एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

एनआईसी एसिया बैंक र सिद्धार्थ हस्पिटालिटीबीच छुट सम्झौता

काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई थप सेवा...

जनसंख्या अध्ययनले मात्र प्रमाणमा आधारित नीति बनाउन सकिन्छ

जनसंख्या अध्ययनले मात्र प्रमाणमा आधारित नीति बनाउन सकिन्छ

प्राडा महेन्द्र प्रसाद शर्मा/विभागीय प्रमुख जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग...

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु...

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी, फेसबुक र युट्युबबाट प्रत्यक्ष प्रशारण गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०८२।८३ को...

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

सीता दाहाल स्मृति दिवस : आश्रम पुगे प्रचण्ड

काठमाडौं । आज (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल...

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ : ओली

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार, युवा र...