back
sanima relaince life

बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क

570 

shares
sanima relaince life

काठमाडौं । बुटवलमा रगतसम्बन्धी सबै सेवा निःशुल्क हुने भएको छ । बुटवल उपमहानगरपालिकाले रक्तसञ्चार सेवा केन्द्रसँग सम्झौता गरी बुटवलका बासिन्दाले रुपन्देहीका अस्पतालहरूमा उपचाररत रहँदा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ लिँदा शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

रक्तसञ्चार केन्द्रबाट उपलब्ध हुने रगत निःशुल्क उपलब्ध गराउनेबारे बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बुटवल उपमहानगर र रेडक्रस सोसाइटीबीच आवश्यक रगत पर्याप्त उपलब्ध गराउन सहकार्य गर्ने, शिविर सञ्चालन गर्ने र रक्तदानका लागि उत्प्रेरित गर्ने गरी सचेतना कार्यक्रम सञ्चालन गर्ने समझदारी भएको बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले बताए ।

उनले समझदारीपछि बुटवलका बासिन्दाले रुपन्देहीका कुनै पनि अस्पतालमा उपचाररत रहँदा रगत र रगतजन्य पदार्थको सेवा लिँदा शुल्क तिर्नु नपर्ने व्यवस्था भएको र यसले सबैभन्दा बढी लाभ विपन्न वर्गलाई हुने बताए । समझदारीपछि बुटवल र रक्तसञ्चार केन्द्रका बीचमा थप सिर्जनशील काम गर्नका लागि सहज वातावरण तयार भएको प्रमुख प्रसासकीय अधिकृत टेकराज पन्थीले बताए ।

बुटवल र रक्तसञ्चार केन्द्रबीचको समझदारीलगत्तै कार्यान्वयनमा गएको र यसले बिरामीलाई ठूलो राहत मिल्ने र सहज हुने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताए ।


जनसंख्या अध्ययनले मात्र प्रमाणमा आधारित नीति बनाउन सकिन्छ

जनसंख्या अध्ययनले मात्र प्रमाणमा आधारित नीति बनाउन सकिन्छ

प्राडा महेन्द्र प्रसाद शर्मा/विभागीय प्रमुख जनसङ्ख्या अध्ययन केन्द्रीय विभाग...

साम्बासहित १० खेलाडीलाई इन्साइटभिजन स्कुल र राजधानीक्याम्पसको सम्मान

साम्बासहित १० खेलाडीलाई इन्साइटभिजन स्कुल र राजधानीक्याम्पसको सम्मान

काठमाडौं। एउटै व्यवस्थापमा सञ्चालित द इन्साइटभिजन सेकेन्डरी स्कुल र...

अब आयुर्वेद सेवा देशका ७५३ वटै पालिकामा पुग्ने

अब आयुर्वेद सेवा देशका ७५३ वटै पालिकामा पुग्ने

काठमाडौं । नागरिक आरोग्य कार्यक्रम अब देशका ७५३ वटै...

ललितपुर महानगरले सम्पदाको क्षेत्रमा कायापलट गरेको छ : प्रमुख महर्जन

ललितपुर महानगरले सम्पदाको क्षेत्रमा कायापलट गरेको छ : प्रमुख महर्जन

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महालक्ष्मी मन्दिरको...

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित

पाटन कलेज फर प्रोफेसनल स्टडीजबाट १३७ विद्यार्थी दीक्षित

काठमाडौं । बेलायतको युनिभर्सिटी अफ बेडफोरसायर विश्वविद्यालयको सम्बन्धन प्राप्त...