back
sanima relaince life
citizen life
machapuchre bank

वीरको जनशक्ति छनोट प्रक्रियामा राजनीतिक हस्तक्षेप

1.1K 

shares
sanima relaince life
citizen life
machapuchre bank

काठमाडौं । देशकै पुरानो र ठूलो वीर अस्पतालमा नर्स अभावका कारण सेवाग्राहीहरु मारमा परिराखेका छन् । अस्पतालमा जनशक्ति पदपूर्ति गर्दा स्थायी होस् अथवा अस्थायी होस् खुल्ला प्रतिस्पर्धाबाट दक्ष व्यक्तिले स्थान पाउनुपर्ने हुन्छ । तर, वीर अस्पतालमा लामो समयदेखि नर्स भर्ना गर्न नसक्दा सेवा प्रभावित हुँदै आएको छ । त्यसलाई परिपूर्ति गर्नको लागि तत्काल अस्थायी नर्सहरू भर्ना गर्न आवेदन माग गरिएको थियो ।

अस्थायी नर्सको लागि आवेदन दिएकामध्येबाट प्रक्रिया पु¥याएर नर्स छनोट गर्न बनेको परीक्षा सममितिले १ सय जना नर्सको नामावली छनोट गर्नुपर्ने थियो । नर्स छनोटको लागि बनेको परीक्षा समितिले नै योग्यता, क्षमता र अनुभवको आधारमा निष्पक्ष ढंगले काम गर्न नसकेपछि समितिमाथि नै प्रश्न उठेको छ ।

उता, स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रमोद यादव र केही कर्मचारीहरूको मिलोमतोमा वीर अस्पतालमा प्रक्रिया पु¥याएर नर्सहरूको परीक्षा लिनुपर्नेमा दबाब र सोफोर्सको भरमा आफ्ना आसेपासे भर्ना गर्ने प्रयास भइरहेको स्रोतको दावी छ ।

परीक्षा समितिले तयार पारेको नतिजालाई नतिजा एकहप्ता अगाडि नै सार्वजनिक हुनुपर्ने थियो । तर, सेटिङमा आफ्ना आफ्ना मान्छे छिराउन खोज्दा परीक्षा समितिले तयार पारेको नतिजालाई लुकाएको बताइन्छ ।

परीक्षा समितिले नर्सहरूको लिखित परीक्षा लिएर उनीहरुले प्राप्त अङ्कको आधारमा १ जना नर्स छनोट गर्नुपर्ने थियो । तर, लिखित परीक्षाको नतिजा सार्वजनिक नगरेर गुपचुप राखेको बताइन्छ । आफ्ना मान्छे राख्न लिखित परीक्षाको नतिजालाई बेवास्ता गर्दै चलखेल भएपछि विरोध भएको स्रोतले जनाएको छ ।

जनता समाजवादी पार्टी नेपाललाई विभाजन गरेर आएका प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेपछि एक सय जना नर्सको नतिजालाई राजनीतिक हस्तक्षेप गरेर गैह्रकानूनी तरिकाले कर्मचारी छनोट गर्ने प्रयास गरेको बताइन्छ ।

मन्त्री यादवले पनि नर्सहरूको लामो लिष्ट वीर अस्पतालमा पठाएका थिए । त्यसका कारण नर्स छनोट प्रक्रिया अलमलमा परेको हुनुपर्छ । तर, अस्पताल जस्तो सम्वेदनशील ठाउँमा दक्ष, योग्य र अनुभवीले स्थान पाउनुपर्ने आवेदकहरुको माग छ ।

 


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...