back

फत्ताङलुङ गाउँपालिका–६ मा निःशुल्क आँखा शिविर अभियान सुरु

काठमाडौं । ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँबाट आँखा शिविर सुरु भएको छ । तिलगङ्गा आँखा अस्पताल काठमाडौँको प्राविधिक सहयोग र गाउँपालिकाको सहजीकरणमा आजदेखि निःशुल्क आँखा शिविर सुरु भएको हो ।

गाउँपालिकका दुर्गम गाउँमा नौदिने निःशुल्क आँखा शिविरको अभियान सुरु भएको जनाइएको छ । शिविरको पहिलो दिन घुन्सा स्वास्थ्य चौकी घुन्सा, फागुन ११ गते ओलाङचुङ्गोला स्वास्थ्य चौकी, १३ गते हान्द्रुङ टार, १४ र १५ गते छिरुवा ग्राउण, १६ र १७ गते सिंवा स्वास्थ्य चौकी सिंवा बजार, १९ र २० गते तापेथोकमा शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

पालिकाका छ स्थानमा सञ्चालन भएको शिविरमा आँखा जाँच गरी सामान्य प्रकृतिका बिरामीको उपचार गरिनेछ । मोतियाविन्दु र जटिल प्रकृतिका समस्या भएका बिरामीको भने पालिकाको केन्द्र तापेथोकमा यही फागुन २० र २१ गते हुने शिविरमा शल्यक्रिया गरिने गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताए ।

उनका अनुसार पालिकाको केन्द्र तापेथोकको सरस्वती माध्यमिक विद्यालयमा हुने शिविरमा तिलगङ्गा आँखा अस्पताल काठमाडौँका वरिष्ठ नेत्र रोेग विषेशज्ञ डा सन्दुक रुईतसहितको टोलीले उपचार गर्नेछ ।

साथै उक्त गाउँपालिकामा शिविर सञ्चालन हुने भए पनि ताप्लेजुङका अन्य पालिकाका बिरामीलेसमेत अवसरको सदुपयोग गर्न अध्यक्ष लिम्बूले बताए । शिविरमा आउने बिरामीले कुनै पनि शुल्न तिर्नु नपर्ने र बिरामीका लागि पालिकाले खानाको व्यवस्था गरेको छ ।


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...