वीर अस्पतालमा जलनको उपचार पुनः सुरु
54
sharesकाठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालमा ‘डा. केडी जोशी’ जलन उपचार केन्द्रको शुभारम्भ गरेका छन् । यससँगै वीर अस्पतालमा जलनका बिरामीको उपचार सेवा पुनः सुरु गरिएको हो । जलनका बिरामीका लागि अस्पतालमा १० वटा जनरल बेड, पाँचवटा आईसीयू बेड र तीनवटा अपरेसन थिएटरको व्यवस्था गरिएको छ ।
वीरले आठ वर्षपछि जलनको पुनः उपचार थालेको हो।
जलनका बिरामीलाई आवश्यक सबै उपचार सेवा केन्द्रबाट दिइने अस्पतालले जनाएको छ ।
वि.सं.२०८१ भदौ २८ शुक्रवार १४:५०