स्वास्थ्यमन्त्रीद्धारा सय दिने उपलब्धी सार्वजनिक
78
sharesकाठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा गरेका महत्वपूर्ण कार्यहरुको मुल्याङकणसहित सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।
स्वास्थ्यमन्त्री पाडेलले मंगलबार स्वास्थ्य क्षेत्रमा गरेका योगदान र ल्याएको सुधारका बारेमा चर्चा गर्दै सय दिनको अवधिमा गरेका महत्वपुर्ण उपलब्धीहरु सार्वजनिक गरेका हुन् । स्वास्थ्यमन्त्री पोडेलले पछिल्लो समय मन्त्रीमा नियुक्त भएपछि स्वास्थ्य क्षेत्रमा महत्पुर्ण परिवर्तन ल्याएका छन् । मन्त्री पौडेलले संघीय अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सुरुवात गर्दै क्यान्सर उपचार सेवा थप पाँच प्रदेशमा विस्तार गरेर सातै प्रदेशमा सुरुवात गराएका छन् ।
यस्तै मन्त्री पौडेलको नेतृत्वमा राष्ट्रिय आविष्कार केन्द्र र मन्त्रालयबिच संघीय अस्पतालमा बिग्रेर थन्किएका उपकरण मर्मत गर्न सम्झौता भएसँगै आविष्कार केन्द्रले अस्पतालमा बिग्रेर थन्किएका उपकरण मर्मत गरिरहेको छ । जनस्वास्थ्य प्रयोगशालामा अन्य सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका नमुना विदेश पठाउन नपर्ने गरी प्रयोगशालाको सुविधा विस्तार गर्दै सार्वजनिक बिदाका दिनमा पनि अस्पतालमा ओपीडी सेवा सुरुवात भएको छ ।
मन्त्री पौडेलको नेतृत्वमा सहिद गंगालाल अस्पतालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु भएको छ । मन्त्रीको सचिवालयका अनुसार मन्त्री पौडेलले सय दिनको अवधिमा स्वास्थ्य बिमा ५ लाख पु¥याउने घोषणादेखि स्वयंसेविकालाई निःशुल्क यातायातका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता गरेका छन् । यस्तै, अस्पतालमा भीड व्यवस्थापन र १७ संघीय अस्पतालमा अनलाइन प्रणाली सुरुवात गरेका छन् ।
यस्ता छन् स्वास्थ्यमन्त्री पौडेले सय दिनको अवधिमा गरेका उपलब्धीहरु :
- स्वास्थ्य बिमा ५ लाख पु¥याउने घोषणा, १४ बुँदे सुधारका योजना तथा प्राथमिकता घोषणा
अस्पतालमा भीड व्यवस्थापन र १७ संघीय अस्पतालमा अनलाइन प्रणाली सुरुवात - संघीय अस्पतालमा दुई सिफ्टमा ओपीडी सेवा सुरु
- क्यान्सर उपचार सेवा थप पाँच प्रदेशमा विस्तार गरेर सातै प्रदेशमा सुरु
- पहिलो पटक तीन तहको समन्वय समिति बैठक
- राष्ट्रिय आविष्कार केन्द्र र मन्त्रालयबिच संघीय अस्पतालमा बिग्रेर थन्किएका उपकरण मर्मत गर्न सम्झौता
- जनस्वास्थ्य प्रयोगशालामा अन्य सरकारी क्यान्सर अस्पतालमा सम्भव नभएका नमुना विदेश पठाउन नपर्ने गरी प्रयोगशाला सुविधा
- सार्वजनिक बिदाका दिन अस्पतालमा ओपीडी सेवा सुरु
- समायोजनमा समस्या देखिएका स्वास्थ्य जनशक्तिको समस्या समाधानका लागि कार्यविधि स्वीकृत, १६ सय बढी लाभान्वित
- सहिद गंगालाल अस्पतालमा राष्ट्रिय खेलाडीको निःशुल्क स्वास्थ्य परीक्षण सुरु
- स्वास्थ्यकर्मीको सुरक्षा सम्बोधन गर्ने गरी विधेयक अघि बढाउन प्रक्रिया सुरु
- न्याम्ससँग आबद्धता लिएका अस्पतालमा ४ सय शिक्षक चिकित्सकको दरबन्दी स्वीकृत, थप ४ सय जना पीजी तहमा पठनपाठन गर्न मिल्ने बाटो खुला
- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत ५०।५० एमबीबीएस पठनपाठनका लागि निर्णय
- शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमार्फत सातै प्रदेशमा मुटुको विस्तारित सेवा लैजाने निर्णय
जन्मजात अपांगता हुन नदिन परोपकार अस्पतालमा बालबालिकाको निःशुल्क परीक्षण र वंशाणुगतजन्य रोगको निःशुल्क उपचार सुरु - भारत भ्रमणका क्रममा वीर अस्पताल तथा जीपी कोइराला अस्पताललाई ३ सय शय्याको बनाउन त्यहाँका स्वास्थ्यमन्त्रीसँग आग्रह, सहयोगको प्रतिबद्धता प्राप्त
- संघीय राजधानीबाहिर पहिलो पटक नवलपरासी बर्दघाट सुस्तापूर्वमा ट्रमा सेन्टर शिलान्यास
विपद् प्रभावितलाई निःशुल्क स्वास्थ्य उपचार, प्रभावित क्षेत्रमा सङ्क्रमण फैलन नदिन सरोकारावाला मन्त्रालयसँग समन्वय, सचेतना र प्रचारप्रसार - जर्मनीमा विश्व स्वास्थ्य सम्मेलनमा नेपाललाई निःशुल्क बालबालिकाको क्यान्सरविरुद्धकासहित ५ प्रकारका खोप उपलब्ध गराउन गाभीसँग माग, सहयोगको प्रतिबद्धता प्राप्त
- विश्व स्वास्थ्य संगठनलाई हेटौंडाको अनुसन्धान केन्द्रलाई दक्षिण पूर्वी क्षेत्रीय अनुसन्धान केन्द्रमा सघाउन महानिर्देशकसँग आग्रह, सकारात्मक प्रतिबद्धता प्राप्त
- महिला स्वास्थ्य स्वयंसेविकालाई कामको प्रयोजनका लागि निःशुल्क यातायात व्यवस्था गर्न यातायात व्यवसायी राष्ट्रिय महासंघसँग सम्झौता ।
वि.सं.२०८१ कात्तिक ६ मंगलवार १५:२०