back
sanima relaince life
citizen life
machapuchre bank

प्रसादका रूपमा मासु खाँदा बिरामी, कस्तो छ अवस्था ?

426 

shares
sanima relaince life
citizen life
machapuchre bank

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको संख्या ३५ पुगेको छ । सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाएका थिए ।

प्रसादका रूपमा मासु खाएर बिरामी हुनेको संख्या ३५ पुगेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताए । आज बिहान थप सात जना उपचारका लागि अर्घाखाँची अस्पतालमा पुगेका छन् ।

अस्पतालका प्रमुख डा. जगन्नाथ तिवारीले बिरामीहरूमा झाडापखाला, बान्ता, ज्वरो, शरीर दुख्ने लक्षण देखिएको बताएका छन् । उनीहरू सबैको अवस्था सामान्य छ । आइतबार रातिदेखि बिरामी परेका उनीहरू सोमबार दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए । ‘फुड प्वाइजन’का कारण बिरामी परेको डा. तिवारीको जानकारी दिए ।

बिरामीमध्ये अहिले ३४ जनाको अर्घाखाँची अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । एकजनाको अर्घाखाँची हस्पिटल प्रालिमा उपचार भइरहेको प्रहरी प्रमुख मल्लले बताए ।

दुईजना उपचारपछि निको भएर घरमा फर्किएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...