घरमै पालेको कुकुरले टोकेको २ महिनापछि ६ वर्षीया बालिकाको मृत्यु
210
sharesहेटौंडाः मकवानपुर जिल्लामा रेबिज रोगबाट एक बालिकाको ज्यान गएको छ।
जिल्लाको मकवानपुरगढी गाउँपालिका–४, कुसुमटारका जीवन महर्जनकी ६ वर्षकी छोरी मनुको कुकुरको टोकाइबाट मृत्यु भएको हो।
आफ्नै घरमा पालेको कुकुरले खेलिरहेका बेला गत मंसिर २५ गते मनुलाई टोकेको थियो। रेबिजविरुद्धको सुई नलगाई राखिएकी बालिका बिरामी भएपछि परिवारले हेटौँडा अस्पताल, भरतपुर अस्पताल हुँदै काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पु¥याएको थियो।
उनमा चिकित्सकले रेबिजको लक्षण प्रमाणित गरेका थिए।
उपचारका क्रममा कुकुरले टोकेको ६२ दिनपछि बालिकाको मृत्यु भएको छ । बालिकाको फागुन २ गते बिहान टेकु अस्पतालमा मृत्यु भएको हो ।
उनी हेटौँडा–५ स्थित जेनिथ इन्टरनेसनल स्कुलको कक्षा नर्सरीमा पढ्थिन्।
वि.सं.२०८१ मंसिर १२ बुधवार १३:३२