back
sanima relaince life
citizen life
machapuchre bank

स्वास्थ्य मन्त्रालयले अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शैय्या क्षमता अनुगमन गर्ने

402 

shares
sanima relaince life
citizen life
machapuchre bank

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ ।

मन्त्रालयले तीन सय शैय्या बढी क्षमतामा मन्त्रालयबाट अनुमति लिएका त्यस्ता कलेजहरुले सञ्चालन गरेका अस्पतालहरुको शैय्या क्षमतासम्बन्धी विवरण सार्वजनिक गरेको हो ।

मन्त्रालयसँग अनुमति प्राप्त गरेका मध्ये सबैभन्दा धेरै शैय्या रहेको मेडिकल कलेज भरतपुरस्थित चितवन मेडिकल कलेज रहेको छ । कलेजसँग पाँच सय शैय्या क्षमता छ ।

मन्त्रालयसँग चार सय शैय्या क्षमता सञ्चालनका लागि अनुमति पाएका मेडिकल कलेजको संख्या तीन छ ।

लुम्बिनी मेडिकल कलेज पाल्पा, लर्ड बुद्ध एजुकेशन एकेडेमी नेपालगञ्ज मेडिकल कलेज तथा नेपाल मेडिकल कलेज शिक्षण अस्पताल जोरपाटीले चार सय शैय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति प्राप्त गरेका छन् ।

बाँकी मेडिकल कलेज तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालहरुले भने तीन सय शैय्या क्षमतामा अस्पताल सञ्चालनको अनुमति पाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शैय्या अनुमतिका आधारमा सेवा सञ्चालन भए नभएको अनुमगनको तयारी गरिरहेको छ ।

 


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...