रौतहट शाखाद्वारा ७१औँ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस बिभिन्न कार्यक्रमसाथ सम्पन्न
60
sharesरौतहट । नेपाल क्षयरोग निवारण संस्था रौतहट शाखा गौरको आयोजनामा ७१औँ राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस बिभिन्न कार्यक्रमका साथ मनाइएको छ। बिहान क्षयरोगीहरुलाई फलफूल वितरण, त्यसपछि व्यानर प्लेकार्डसहित -याली, क्षयरोग सम्बन्धी ब्रोसर पम्पलेट, पोस्टर वितरण, सहभागीहरुलाई व्याच वितरण डा. रॉबर्टकोचको तस्वीरमा फूलमाला अर्पण, वक्त्रित्व कला प्रतियोगिता, पुरस्कार वितरणलगायतका कार्यक्रमहरु गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय क्षयरोग नियन्त्रणबारे प्रादेशिक अस्पतालका प्रमुख डा. मुरारी ठाकुर, विशिष्ट अतिथि स्वास्थ्य प्रमुख राजेश कुमार सिंह, अतिथि राम पुकार दास निर्णायक मण्डलका संयोजक प्रमोद यादव, सदस्य मुकेश यादव र शशिभूषण मिश्रासहित संस्थाका सचिव हेमन्त यादवलगायत कार्यसमिति सदस्यहरुको उपस्थितीमा सभापति राज किशोर प्रसाद यादवले दिवस तथा रोगबारे विद्यार्थी स्वयंसेवीहरुको भूमिकाकाबारे प्रकाश पार्नुभएको थियो ।
वि.सं.२०८१ मंसिर १४ शुक्रवार ११:३८