back
ntc
global ime bank

गर्भवती र सुत्केरीलाई पोषण प्याकेज

210 

shares

तम्घास । गुल्मीको रेसुङ्गा नगरपालिकाले गर्भवती र सुत्केरीलाई पोषण प्याकेज तथा न्यानो कपडा उपलब्ध गराएको छ । चालु आर्थिक वर्ष २०८१-८२ को वार्षिक नीति तथा कार्यक्रमअनुसार नगरपालिकाले चना, अण्डा, आयोडिनयुक्त नुन लगायतका सरसफाइका सामग्री एवं न्यानो कपडा उपलब्ध गराएको हो ।

यस कार्यक्रमअन्तर्गत महिलाहरु प्रथमपटक गर्भ जाँच गरेदेखि चौथो पटक जाँच गर्दासम्म एवं सुनौलो हजार दिनका आमाहरुलाई पोषण प्याकेज तथा सरसफाइका सामग्री उपलब्ध गराइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मञ्जु घर्ती मगरले जानकारी दिए ।

यो कार्यक्रम चालु आर्थिक वर्षभरि सञ्चालन गर्ने नगरपालिकाको योजना छ । यसका लागि ‘आमासँग उपप्रमुख’ कार्यक्रम सञ्चालन गरिएको छ । यस वर्ष रु पाँच लाख बजेट विनियोजन गरी नगरले गर्भवती र सुत्केरीका लागि काम गरिरहेको छ ।

नगरका १४ वडाका १६ स्वास्थ्य संस्थामा महिनाको एकपटक नगरपालिकाको ‘आमासँग उपप्रमुख’ कार्यक्रम सञ्चालन हुनेछ । यसरी हेर्दा नगरपालिकाभरी एक सय ९२ पटक घुम्ती शिविर प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख घर्तीले जानकारी दिए ।

गर्भवतीका लागि भिडियो एक्स–रे

नगरपालिकाको सेवा लिएर स्वास्थ्य संस्थामा जाँदा गर्भवतीका लागि भिडियो एक्स–रेको सुविधा पनि प्रदान गर्ने गरिएको छ । यसका लागि रु दुई लाख विनियोजन गरिएको छ । तालिम प्राप्त जनशक्तिले भिडियो एक्स–रे गर्ने नगरपालिकाले जनाएको छ ।

बाहिर अस्पतालमा भिडियो एक्स–रे गराउँदा एक जनाको रु आठ सयदेखि नौ सयसम्म पर्ने तर नगरपालिकाले निःशुल्क रुपमा भिडियो एक्स–रेको सुविधा दिने वडा नम्बर ८ का वडाध्यक्ष निरञ्जन थापाले बताए ।

“आगामी दिनमा अपाङ्गगता भएका बालबालिका नजन्मिऊन् भन्ने उद्देश्यले यो कार्यक्रमको सुरुआत गरिएको हो”, वडाध्यक्ष थापाले भन्नुभयो, “यसले गरिब तथा विपन्न परिवारलाई धेरै नै टेवा पुगेको छ ।”

अस्पतालदेखि टाढा रहेका वडा नम्बर ५, ६, १०, ११, १२, १३ र १४ वडाका महिलालाई यो कार्यक्रमले धेरै नै लाभ पुग्ने जनाइएको छ । यसै कार्यक्रमअन्तर्गत हालसम्म नगरका ५७ महिलाले भिडियो एक्स–रेको सुविधा लिएका छन् । भिडियो एक्स–रेको समेत सुविधा थप हुँदा यो कार्यक्रमको प्रभावकारिता बढेको छ ।


सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको...

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्‌मा...

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले...

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले...

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले कुनै पनि...

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...