back

सशस्त्र प्रहरीद्वारा रेडक्रसलाई सम्मान

काठमाडौं । सशस्त्र प्रहरीलाई विभिन्न उद्दारका सामाग्री उपलब्ध गराउने यहाँको रेडक्रस सम्मानित भएको छ । सशस्त्र प्रहरी बल रसुवा शाखाले आफ्नो १६औँ स्थापना दिवसका अवसरमा जिल्ला रेडक्रस सभापति बाबुलाल तामाङसहित संस्थालाई सम्मान गरेको हो ।

यसैगरी प्रहरीको सुरक्षामा सहयोग उपलब्ध गराउने धुञ्चे निवासी युवा समाजसेवीद्वय छेसिङ्गी तामाङ र सञ्जिव डिएमलाई समेत सम्मान गरिएको थियो ।

यहाँको धार्मिक, ऐतिहासिक, पर्यटकीय एवं उत्तरी नाकाको सुरक्षा गर्ने उद्देश्यले विसं २०६३ फागुन ११ गतेदेखि अस्थायी सशस्त्र प्रहरी सुरक्षा पोष्ट स्थापना भएकामा हाल २० नं गुल्मका रूपमा विस्तार भएको छ । मकवानपुरस्थित सशस्त्र प्रहरीबल नेपाल नं–३ गढीमाई बाहिनी मुख्यालयका सहायक बाहिनीपति माधवप्रसाद पौडेलले सशस्त्र प्रहरीलाई अनुशासित हुदै सीमा क्षेत्रको सुरक्षाका लागि अघिबढ्न निर्देशन दिए ।

प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सशस्त्र प्रहरीले गरेको कामको प्रशंसा गर्दै सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी सशक्तरूपले लागिरहेको बताए ।


ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

ईश्वरपुर नगरपालिकामा विपन्न परिवारलाई पिउने पानीको व्यवस्था

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका १, ३ र ९...

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

दुर्गम बस्तीसम्म सञ्चारको पहुँच पु-याउनुपर्छ : मुख्यमन्त्री शर्मा

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीका दुर्गम...

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

गलकोट नगरपालिकाद्वारा बाँझो जग्गामा ओखर खेती

काठमाडौं । बागलुङको गलकोट नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्दै...

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

वसन्त कुँवरलाई प्रहरीको आईजीपी बनाउने सरकारको निर्णय

काठमाडौ । प्रहरी महानिरीक्षक (एआईजी) वसन्त बहादुर कुँवर प्रहरी...

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

ईप्रका चिसापानीद्वारा अवैध रुपमा ल्याइएको काठका कडी बरामद

कैलाली । कैलाली मोहन्याल गाउँपालिका ७ पितमारीस्थित इलाका प्रहरी...