back
ntc
global ime bank

दशवर्षदेखि डायलसिसको साहारामा बाँचिरहेकी स्मृतिले गरिन् सहयोगको अपिल

336 

shares

काठमाडौं । नार्गाजुन नगरपालिका भीमढुङ्गाकी स्मृति मगरातीको दुवै मिर्गौलाले काम गर्न छाडेको वर्षौँ भइसकेको छ । छब्बिस वर्षीया स्मृति हप्ताको तीन दिन आमा सावित्री मगरातीको सहयोगमा बनस्थलीस्थित राष्ट्रिय मिर्गौला केन्द्रको डायलसिस कक्षमा छिर्छिन् र चार÷पाँच घण्टापछि बाहिरिन्छन् ।

शारीरिक रुपमा उनी हिँड्डुल गर्न सक्दिनन् । बिगत १० वर्षदेखि उनी डायलसिसको साहारामा बाँचिरहेकी छिन् । उनकी आमा सावित्री प्रश्न गर्दछिन, “हामीलाई थाहा नै छैन । तर यो दुःख बाँड्ने कोही भइदिए बोझ अलि कम हुन्थ्यो की ” सावित्रीको भनाइमा उनको परिवारले स्मृतिको उपचारमा धेरै खर्च गरिसकेको छ । अलि अलि भएको जायजेथा पनि बेचिसक्यौँ । यो परिवारले मिर्गौला प्रत्यारोपण कल्पना पनि गर्न सक्दैन । एक त दाता नै छैन । अर्को पैसा छैन । तर डायसिसको सहयोगले छोरीले आयु लम्ब्याउन चाहान्छ । राज्यले डायलसिस निःशुल्क गरेको छ । तर त्यससँग जोडिएका खर्चहरु थेगी नसक्नु छ ।

नियमित गर्नुपर्ने चेकजाँच यातायात खर्च (आठ किलोमिटर एकतर्फि) अन्य आयआर्जन काम गर्न नसक्ने अवस्था, आकस्मित स्वास्थ्य समस्या आइपर्दा लाग्ने खर्च जस्ता कारणले परिवार आर्थिक चरम सङ्कटमा गुज्रेको सावित्री बताउँछिन् । उनी कसैको सहयोग पाए जीवनजीउन अलि सहज हुन्थ्यो की भन्ने लाग्छ उनीलाई । स्मृति अहिले टिबी र जण्डिसको दोहोरो सङ्क्रमणले थलिएकी छिन् । उनी र उनको परिवारलाई देश–विदेशमा रहनुहुने सम्पूर्ण नेपाली तथा अन्य समुदायलाई सहयोगको अपिल गरेकी छिन ।

सहयोग गर्ने चाहने व्यक्तिले (स्मृति मगराति, ग्लोबल आइएमइ बैंक, नागार्जन शाखा, खाता नं १६३०७०१००१४१००० र सम्पर्क नम्बर ९८६६४०७६६६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...