back
ntc
global ime bank

पाठेघरको क्यान्सर पहिचान र उपचारप्रति जनचेतनामुलक कार्यक्रमको थालनी

420 

shares

सिन्धुली । निजामती कर्मचारी श्रीमती संघले पाठेघरको क्यान्सर रोगको पहिचान गरी समयमै उपचार गराउन निःशुल्क परीक्षणको पहल सुरु गरेको छ । कार्यक्रम नेपाल क्यान्सर हस्पिटलको उपचारका लागि सहायक हात बनेका युनिलिभर र नेपाली कांग्रेस महासमिति सदस्य इन्दिरा निरौलाको समन्वयमा सम्पन्न भएको हो ।

यस अभियानले पाठेघरको क्यान्सरबाट पीडित महिलाहरूलाई नयाँ जीवन दिने मात्र नभई सम्पूर्ण समाजमा महिलाहरूको स्वास्थ्यप्रति सचेत रहन जनचेतना जगाउने बताइएको छ । कार्यक्रम सिन्धुलीको दुधौली नगरपालिकामा आयोजना गरिएको हो । नेपालका हजारौं महिलाहरू प्रत्येक वर्ष पाठेघर क्यान्सरको जोखिममा पर्दै आएका छन् ।

विशेषगरी ग्रामीण क्षेत्रका महिलाहरू यस रोगको प्रारम्भिक अवस्थामा थाहा नपाई जटिल समस्या भइसकेपछि मात्रै थाहा हुने हुँदा ज्यानसमेत गुमाउन वाध्य हुने गरेका छन् । भीआईए परीक्षण (Visual Inspection with Acetic Acid) भनेको रोग पहिचानको सरल, सहज, र प्रभावकारी विधिबारे कार्यक्रममा उल्लेख गरिएको छ । यसरी, निःशुल्क भीआईए परीक्षणको अभियानले महिलाहरूलाई रोगको प्रारम्भिक पहिचान र रोकथाममा सहयोग पुग्ने कार्यक्रमको उद्देश्य रहेको छ । कार्यत्रममा महिला स्वास्थ्यको प्रश्न केवल महिलाहरू को भनाई सम्पूर्ण समाजको सामूहिक जिम्मेवारी रहेकोमा जोड दिइएको छ ।

महिलाको स्वास्थ्य राम्रो हुनुलाई परिवारको समृद्धि र भविष्यको उज्यालोसँग जोड्न सकिने बनाइएको छ । यस अभियानले महिला स्वास्थ्यप्रति सबैलाई जिम्मेवार बनाउँदै, समाजलाई रोगमुक्त बनाउन भूमिका खेल्ने उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसकी महासमिति सदस्य इन्दिरा निरौलाको सक्रियता, समर्पण, र संयोजनले यस अभियानलाई सफल बनाएको हो । युनिलिभर सहकार्य र नेपाल क्यान्सर हस्पिटलको चिकित्सकीय समर्थनले सामाजिक परिवर्तनको मार्ग प्रशस्त गरेको छ ।

यो कार्यक्रम सहकार्य, सेवा र सहानुभूतिको अनुपम उदाहरण बनेको छ । कार्यक्रममा पाठेघर क्यान्सरजस्तो घातक रोगलाई पराजित गर्न समयमै परीक्षण गरी आफ्ना आमा, दिदीबहिनी र छिमेकीहरूसँगको हातेमालोमास्वास्थ्य जाँचको यो अवसर सदुपयोग गर्न अनुरोध गरिएको छ । यस पवित्र प्रयासमा सहभागी बनौं र महिलाको स्वास्थ्यमा लगानी गरी उज्यालो भविष्यको निर्माण गरौ नाराका साथ अभियानको थालनी गरिएको छ ।

त्यसैगरी दुधौली नगरपालिकै वडा नम्बर ८ बाल कल्याण प्रा.वि.र वडा नम्बर ९ को श्री गौरीशंकर प्रा.वि.मा अध्ययनरत बालबालिकालाई न्यानो कपडा र सरसफाई सामग्री वितरण गरिएको छ । सो सामग्री निजामती कर्मचारी श्रीमती संघको आयोजना, उद्योगी व्यवसायीहरुको सहयोग र नेपाली कांग्रेसकी महासमिति सदस्य इन्दिरा निरौलाको सक्रियतामा अतिविपन्न परिवकारका बालिबालिकाहरुलाई वितरण गरिएको हो । यस कार्यले विपन्न परिवारका बालबालिकामा पढाइप्रति प्रेरणा जगाउने र नियमित विद्यालय जाने आशा गरिएको छ ।


सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको...

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

यौन व्यवसाय अभिव्यक्तिप्रति कांग्रेस सचेतक घिमिरेले मागे संसद्‌मा माफी

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्‌मा...

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

राजतन्त्र फर्किन्छ कि भन्ने होहल्ला गर्न जरुरी छैन : जनार्दन शर्मा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले...

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

पूर्वराजा ज्ञानेन्द्र शाहले सरकार चलाउन रोकेको छैन, आत्तिनु पर्दैन : सांसद सिंह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपकबहादुर सिंहले...

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

कुनै पनि हालतमा नेपालमा राजतन्त्र फर्किँदैन : निधि

काठमाडौं । नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले कुनै पनि...

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...