back
prabhu bank
sanima relaince life

समावेशिताको पहिलो जग, पूर्णिमा परियारको नेतृत्वमा न्यायको यात्रा

7.7K 

shares
prabhu bank
sanima relaince life

नेपालको शैक्षिक इतिहासमा केही क्षणहरू यस्ता आउछन्, जसले समयको गतिलाई नयाँ मोड दिएर जान्छन्।र इतिहास कोरेर कर्म काण्डी संस्कारको कुरुप कृडालाई चुनौती दिइन्छन्, अनि नयाँ अध्यायहरू लेखिन्छन्।  आज त्यही इतिहास निर्माणको संघारमा उभिएकी छन्, पूर्णिमा परियार – एक दलित समुदायकी चेली, जसले नेपालकै जेठो पद्मकन्या क्याम्पसमा नेपाल बिध्यार्थि संघबाट इकाई अध्यक्षको नेतृत्व सम्हालेर विद्यार्थी अधिकारको रक्षा गर्दै आएकी छन्। पूर्णिमा परियारको यात्रा सहज थिएन। नेपाली समाजको परम्परागत संरचनाभित्र उनले अनेकौं कठिनाइहरूसँग जुध्दै आफ्नो बाटो कोरिन्।

दलित समुदायको सामान्य परिवारमा जन्मेकी उनी, संघर्षको धुरी समातेर अघि बढिन्। न्याय, समानता र विद्यार्थी हकहितका लागि उनले सधैं आफ्नो आवाज बुलन्द पारिरहिन्। यही अडान र साहसकै कारण नेपाल विद्यार्थी संघले उनलाई स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापति पदका लागि उम्मेदवार बनाएको छ। यो उम्मेदवारी केवल व्यक्तिगत सफलता होइन, यो समावेशिताको विजय हो।

संविधानमा गुञ्जिएको समावेशिताको मर्मलाई मूर्तरूप दिने यस कदमले हजारौं विपन्न, सीमान्तकृत, उपेक्षित वर्गका विद्यार्थीहरूलाई प्रेरित गर्नेछ। यो एउटा सन्देश हो – संघर्ष गर्छौं भने हाम्रा अधिकार सुरक्षित हुन्छन्, आवाज उठाउँछौं भने परिवर्तन सम्भव छ। चैत ०७ गते हुने स्ववियु निर्वाचन केवल पदको प्रतिस्पर्धा मात्र होइन, यो आन्दोलन हो – न्यायको, समानताको, भविष्यको। हामीले आज गर्ने एउटा सही निर्णयले आउने पुस्ताहरूको बाटो उज्यालो बनाउन सक्छ। त्यसैले, नेपाल विद्यार्थी संघको तर्फबाट पूर्णिमा परियार नेतृत्वको प्यानललाई मतदान गरौं, विजय गराऔं।

यो विजय केवल पूर्णिमा परियारको हुने छैन, यो विजय हुनेछ – ✔ दलित, सीमान्तकृत, उपेक्षित वर्गको ✔ विद्यार्थी हकहित र स्वायत्त अधिकारको ✔ समावेशी, न्यायपूर्ण, समतामूलक समाजको जय नेपाल! जय नेपाल विद्यार्थी संघ! विद्यार्थी अधिकार जिन्दावाद!- (इन्दिरा निरौला)

 


ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

ग्लोबल आइएमई बैंकको अगुवाइमा माथिल्लो मेवा खोला जलविद्युत आयोजनामा लगानी

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा माथिल्लो मेवा...

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्स लाइफको साढे २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

सानिमा रिलायन्सको २ लाख कित्ता संस्थापक शेयर विक्रिमा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थापक शेयर सर्वसाधारणका...

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

भैंसेपाटीमा लेमिनार टायल्सको नयाँ शोरूम सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो र एकमात्र भिट्रिफाइड टायल्स लेमिनारले...

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

मोदीले भेटे विमान दुर्घटनाका घाइते, घट्नाको पारदर्शी अनुसन्धान गर्ने प्रतिवद्धता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको विमान...

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास आवश्यक : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान...