back

महिला स्वास्थ्य सम्मेलन हुँदै

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महिला स्वास्थ्य सम्मेलन आयोजना गर्ने भएको छ । स्वास्थ्य सेवा विभागले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले महिला स्वास्थ्यका देखिएका समस्या र ती समस्यालाई समाधान गर्नका लागि सम्मेलन आयोजना गर्न थालिएको जानकारी दिए ।

उहाँका अनुसार यही फागुन २५ र २६ गते सम्मेलन हुनेछ । सम्मेलन महिला स्वास्थ्यको बहुआयामिक विषयवस्तुमा केन्द्रित हुने उनको भनाइ छ । सम्मेलनमा यौन, तथा प्रजनन स्वास्थ्य र अधिकार, नसर्ने रोग, बालबालिका, किशोरकिशोरी र ज्येष्ठ नागरिकको स्वास्थ्य, मानवीय सहयाता आवश्यकपर्ने अवस्थामा महिला स्वास्थ्य र पोषणसम्बन्धी विषयमा छलफल हुने उनले जानकारी दिए ।

विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले महिला स्वास्थ्यमा प्राप्त भएका उपलब्धि, चुनौती तथा अवसर, अन्वेषण विकसित घटनाक्रम र तथ्याङ्कको सम्मेलनमा छलफल हुने बताए । महिला स्वास्थ्यको विषयलाई विस्तार गर्न र सशक्त बनाउनका लागि अनुसन्धान, क्षमता, अभिवृद्धि, नीति निर्माण र पैरबीबीच अन्योन्याश्रिक सम्बन्धलाई थप बलियो बनाउनका लागि सम्मेलन आयोजना गर्न लागिएको उनले बताए ।

सम्मेलनमा महिला स्वास्थ्यबारे ८५ वटा कार्यपत्र प्रस्तुत गरिने छ । सम्मेलनमा देशभरिका महिला स्वास्थ्यको क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका सरकारी, गैरसरकारी संस्था, प्रतिष्ठान, शिक्षण संस्था लगायतका तीन सयभन्दा बढी प्रतिनिधिको सहभागी हुनेछ । सम्मेलनमा महिला स्वास्थ्यका विषयमा कार्यरत अनुसन्धानकर्ता, विद्धान, एवम् विज्ञ र कार्यक्रमका कार्यन्वयनकर्ताबाट उपलब्ध भएका तथ्याङ्क, तथ्य, सिकाइ र दृष्टिकोणलाई छलफल गरिनेछ ।

यस्तै महिला स्वास्थ्य क्षेत्रमा भएका नवीन प्रयास र सफलतालाई पनि छलफल गरिने छ ।


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...