back
adikar sampana bagmati
fikal gaupalika

नेपालगञ्जमा ‘खोज र खोप’ अभियान

186 

shares

काठमाडौँ। नेपालगञ्जमा पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान सञ्चालन भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकालाई गत वर्ष नै पूर्णखोप घोषणा गरिए पनि केही महिनाअघि दादुरा महामारी देखिएको थियो । दादुरा सङ्क्रमित बालबालिकाले खोप नलगाएको पाइएपछि अहिले पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि ‘खोज र खोप’ अभियान सञ्चालन गरिएको उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा संयोजक रामबहादुर चन्दले जानकारी दिए ।

उनका अनुसार पूर्णखोप सुनिश्चितता र दिगोपनामा निरन्तरताका लागि कार्ययोजना तयार गर्न वडा–वडामा कार्यशाला गोष्ठी भइरहेका छन् । युनिसेफको सहयोगमा उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले सबै वडाका स्वास्थ्य केन्द्रमा पुगेर कार्यशाला गोष्ठी गरिरहेको छ ।

वडास्तरदेखि नै छुट बच्चाको खोजी र खोप प्रदान गर्ने नियमित प्रक्रियाको विकास गर्ने उद्देश्यले कार्यशाला गोष्ठी गरिरहेको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताए ।

“पूर्णखोप कार्यक्रमका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिइएको छ”, उनले भने, “वडास्तरमा वडाध्यक्ष संयोजक रहने गरी बनेको खोप समन्वय समितिलाई अझ सक्रिय बनाएर अनुगमनका लागि उत्प्रेरित गर्ने उद्देश्य पनि छ ।”

वडास्तरमा जनप्रतिनिधि, स्वास्थ्यचौकी प्रमुख, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, स्थानीय विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक प्रतिनिधिलगायतको उपस्थितिमा सबैजसो वडामा ‘खोज र खोप’ अभियानबारे छलफल र अन्तक्र्रिया भइसकेको बस्नेतले जानकारी दिए । रासस


प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

प्रधानमन्त्रीद्वारा भ्रमण पुस्तिकामा हस्ताक्षर

नयाँदिल्ली । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नेपालले बेच्ने बिजुली भारतले किन्ने

नयाँ दिल्ली । भारतले नेपालबाट १० हजार मेगावाट बिजुली...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

नयाँदिल्ली । इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले...

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

न्यू बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन शिलान्याश

नयाँदिल्ली । नेपाल र भारतबीच बिजुली व्यापारका लागि महत्वपूर्ण...

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

अरुण तेस्रोकै ढाँचामा तल्लो अरुण अगाडि बढाउन पिडिएमा हस्ताक्षर

नयाँ दिल्ली । अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको...

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

नेपाल र भारतको संयुक्त लगानीमा मल उद्योग खोल्ने छलफल भएको छ : प्रधानमन्त्री

काठमाडौं । भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री...