back
स्वास्थ्य मन्त्रालय

स्वास्थ्यमन्त्री बस्नेतद्वारा आफ्नै मन्त्रालयबाट सरसफाइ अभियान सुरु

8.9K 

shares

काठमाडौं । स्वास्थ तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सुधारका काम र सुशासन कायम गर्न हरपल लागिरहेका बेला आज आफ्नै मन्त्रालयको अबस्था देखेर तीनछक परेका छन् ।

मन्त्री बस्नेतले मन्त्रालयमा जतासुकै फोहोर र पुराना थोत्रा काम नलाग्ने सामानहरु रहेकाले त्यसलाई हटाउन र सफा गर्न लगाएका हुन् । उनले मन्त्रालयमा हेर्दै लाजमर्दो र जीर्ण अवस्थामा रहेका झ्याल ढोका र बैगैचा आदिलाई सरसफाइ गर्न लगाएका छन् ।

त्यसैगरी मन्त्री बस्नेतले हेटौंडा अस्पतालको आकस्मिक भ्रमण गरी सुधार गर्न र अभाव रहेका सामानको बारेमा जानकारी लिएका छन् । उता मन्त्री बस्नेतले ट्रमा सेन्टर, धुलिखेल सरकारी अस्पताल लगायत प्रायःजसो सबैमा भ्रमण गर्ने योजना रहेको बताएका छन् ।

अहिले स्वास्थमन्त्री रफ्तारमा जनस्वास्थ्यको विषयमा काम गर्न कुनै कमिकमजोरी नहोस् भनी दत्तचित्त भएर लागि परेको प्रत्यक्षदर्शीको भनाइ छ । त्यसैगरी उनले गरीव तथा विपन्नलाई सरकारी अस्पतालमा निःसुल्क उपचार गर्ने निर्देशनसमेत दिएका छन् ।

त्यसकारण पनि स्वास्थमन्त्री बस्नेतको कामप्रति आमनागरिक र कर्मचारीहरुको सकारात्मक धारणा रहेको बताइएको छ ।


पद्मकन्या बहुमुखी क्याम्पसले मनायो ७३औँ वार्षिकोत्सव

पद्मकन्या बहुमुखी क्याम्पसले मनायो ७३औँ वार्षिकोत्सव

काठमाडौं । पद्मकन्या बहुमुुखी क्याम्पसले आज ७३औँ वार्षिकोत्सव मनाएको...

व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : महानिरीक्षक कुँवर

व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : महानिरीक्षक कुँवर

चितवन । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको व्यवहार, मनोवृत्ति...

चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ : मन्त्री बस्नेत

चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय चिकित्सा...

सतपालजी महाराजको जन्मोत्सवमा ६८२ले गरे रक्तदान

सतपालजी महाराजको जन्मोत्सवमा ६८२ले गरे रक्तदान

काठमाडौँ । मानव धर्मका प्रणेता श्री सतपालजी महाराजको ७३...

कृषिमा आत्मनिर्भर हुन ११ पकेट क्षेत्र बनाइने

कृषिमा आत्मनिर्भर हुन ११ पकेट क्षेत्र बनाइने

हेटौंडा। बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बाग्मती प्रदेश सरकारले...

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

शिक्षकसँगको वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न...