back
स्वास्थ्य मन्त्रालय

आज २०८० साल भाद्र ९ गते शनिवार तपाईंको राशिफल

54 

shares

मेष:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । आम्दानीमा पनि कमी आउनेछ ।

बृष:
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ ।

मिथुन:
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ ।

कर्कट:
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । यात्रा गर्ने अवसर पनि जुट्नेछ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ ।

कन्या:
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज बोलीवचन एवं प्रवचन भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । प्राविधिक कार्यमा जुट्दा फाइदा हुने समय पनि छ ।

तुला:
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज कामको सन्दर्भमा आउँने प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । सजिलै अरूको मन जित्न पनि सकिनेछ ।

बृश्चिक:
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ ।

धनु:
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शरीरमा कमजोरी अनुभूति हुनेछ । आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ, तर साँझमा भने मनमा हर्ष र प्रसन्नता छाउनेछ ।

मकर:
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ । आजको दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यवसायिक क्षेत्रबाट पनि लाभ हुनेछ ।

कुम्भ:
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफन्तजनहरू खुसी हुने समाचार दिन सकिन्छ ।

मीन:
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज घरमा कुटुम्बको आगमन हुने एवं परिवारमा नयाँ सदस्य थपिन पनि सक्ने सम्भावना छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्ला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।


लाखे नाच संरक्षणमा नेवार समुदाय

लाखे नाच संरक्षणमा नेवार समुदाय

दमौली । पछिल्लो समय लाखे नाच लोप हुँदै गएपछि...

स्वास्थ्य मन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा बाह्रबिसे नगरपालिकामा भव्य तीज कार्यक्रम सम्पन्न

स्वास्थ्य मन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा बाह्रबिसे नगरपालिकामा भव्य तीज कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको प्रमुख...

आज २१ भाद्र २०८० बिहिवार तपाईंको राशिफल

आज २१ भाद्र २०८० बिहिवार तपाईंको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले,...

श्रीकृष्ण जन्माष्टमी पर्व : देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो

श्रीकृष्ण जन्माष्टमी पर्व : देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो

श्रीकृष्ण जन्माष्टमी पर्व : देशभरका श्रीकृष्णमन्दिरमा भक्तजनको घुइँचो काठमाडौँ...

आज १८ भाद्र २०८० सोमवार तपाईंको राशिफल

आज १८ भाद्र २०८० सोमवार तपाईंको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले,...

संस्कृति संरक्षणमा गैँडाकोटका नेवार समुदाय

संस्कृति संरक्षणमा गैँडाकोटका नेवार समुदाय

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका नेवार समुदाय संस्कृति संरक्षणमा...