back
health 2
aids

ब्राजिलियन महान् फुटबल खेलाडी पेलेको क्यान्सर थप बढ्यो, क्रिसमस मनाउने योजना रद्ध

306 

shares

साओ पाउलो । ब्राजिलियन महान् फुटबल खेलाडी पेलेको क्यान्सर बढेको चिकित्सकले बताएका छन् । विगत तीनसाता यता ८२ वर्षीय पेलेको हाल साओ पाउलोस्थित अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालकाअनुसार हाल पेलेको क्यान्सरमा वृद्धि भएको र किड्नी तथा हृदय रोग सम्बन्धी थप हेरचाह आवश्यक रहेको छ। पेलेकी छोरीले सामाजिक सञ्जल मार्फत घरमा क्रिस्मस बनाउने योजना तत्कालका लागि रद्द भएको र अब अस्पतालमै समय बिताउने उल्लेख गरेकी छन् ।

सन् २०२१ सेप्टेम्बर यता पेले क्यान्सर रोगसँग लडिरहेका छन् । उनको शल्यक्रियामार्फत आन्द्रामा रहेको ट्युमर फालिएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि पेले सार्वजनिक कार्यक्रमहरुमा एकदमै कम देखिन थालेका छन् ।

विश्व फुटबल महान् खेलाडी पेले तीनपटक विश्वकप जित्ने अहिलेसम्मका एक मात्र खेलाडी हुन् । उनले सन् १९५८, १९६२ र १९७० मा ब्राजिललाई विश्वकप जिताएका थिए ।

लगातार दुई विश्वकप जित्ने ब्राजिलको कीर्तिमान ६० वर्षसम्म कसैले तोड्न सकेको छैन । कतार विश्वकपमा फ्रान्सका लागि त्यो अवसर थियो । तर फाइनलमा अर्जेन्टिनासँग पराजित हुन पुग्यो । पेलेले ब्राजिलका लागि ९२ खेलमा ७७ गोल गरेका छन् । कतारमा नेइमारले उनको कीर्तिमान बराबर गरेका थिए । ब्राजिल भने क्वाटरफाइनलमा क्रोएसियासँग पराजित भएको थियो ।


ग्लोबल फण्डबाट सेभ दी चिल्ड्रेन आउट, सिसिएमका १७ सदस्य मध्ये ११ सरकारको पक्षमा

ग्लोबल फण्डबाट सेभ दी चिल्ड्रेन आउट, सिसिएमका १७ सदस्य मध्ये ११ सरकारको पक्षमा

काठमाडौं । ग्लोवल फण्डको अनुदानमा सञ्चालन हुने एचआईभी र...

लमजुङको सुन्दरबजार नगरपालिकामा सानिमा रिलायन्स लाइफको बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

लमजुङको सुन्दरबजार नगरपालिकामा सानिमा रिलायन्स लाइफको बीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्योरेन्सको लमजुङ बेसीशहर शाखाले...

सिटिजन्स बैंकको अमरापुरी शाखाद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

सिटिजन्स बैंकको अमरापुरी शाखाद्वारा विद्यालयलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । सिटिजन्स बैंकको गण्डकी प्रदेश अन्तर्गत अमरापुरी शाखाले...

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैन : गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र...

अर्थमन्त्रीद्वारा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत

अर्थमन्त्रीद्वारा आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकता संसदमा प्रस्तुत

काठमाडौं। आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधि...

सेटिङमा महंगो औषधि भिडाउने बिरुद्व स्वास्थ्यमन्त्रीको एक्सन, वीर र कान्ति अस्पतालमा अनुगमन

सेटिङमा महंगो औषधि भिडाउने बिरुद्व स्वास्थ्यमन्त्रीको एक्सन, वीर र कान्ति अस्पतालमा अनुगमन

काठमाडौं । सरकारी अस्पतालका फार्मेसीहरुमा औषधि राखेर सर्वसुलभ ढंगले...