back
sanima relaince life

अमेरिकामा हिमआँधीमा परेर ३८ जनाको मृत्यु

990 

shares
sanima relaince life

न्युयोर्क । अमेरिकामा हिमआँधीमा परेर कम्तीमा ३८ जनाको मृत्यु भएको छ । हिमआँधीका कारण कान्सास, नेब्रास्का, ओहायो, न्युयोर्क, ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसीलगायतका राज्यमा ३८ जनाको मृत्यु भएको हो । आँधीबाट न्युयोर्कको बफेलो सहर सबैभन्दा बढी प्रभावित छ । बफेलोको नियाग्रा अन्तर्राष्ट्रिय विमानस्थलमा ४३ इन्च हिउँ जमेको छ र

क्यानडामा ब्रिटिस कोलम्बियाको पश्चिमी प्रान्तको मेरिट सहर नजिकै हिउँको सडकमा बस पल्टिँदा चार जनाको मृत्यु भएको छ ।आँधी आगामी केही दिनमा कम हुने मौसमविद्हरूले बताए छन तर अत्यावश्यक बाहेक यात्रा नगर्न उनीहरूले सल्लाह दिएका छन् ।

आँधीले केही दिनदेखि विनाश ल्याएको छ, तर पहिलेको ब्ल्याकआउटपछि बिजुली स्थिर रूपमा पुनस्र्थापित भएको छ । आइतबार २ लाखभन्दा कम मानिस बिजुलीबिहीन भएका थिए ।

अत्यधिक चिसोका कारण सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन सुझाव दिइएको छ । बिजुली नभएपछि कठ्यांग्रिएर ज्यान गुमाउनेको संख्या बढ्नसक्ने अधिकारीहरूले बताएका छन् ।


गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

मुगु । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित...

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश...