भारतको आन्ध्र प्रदेशमा दुईटा रेल ठोक्किँदा ६ जनाको मृत्यु, २५ जना घाइते
612
sharesनयाँदिल्ली । भारतको आन्ध्र प्रदेशमा दुईटा रेल ठोक्किँदा ६ जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् ।
आन्ध्र प्रदेशका मुख्यमन्त्री जगन मोहन रेड्डीले तत्काल उद्धार तथा राहतका लागि निर्देशन दिएका छन् ।
घाइतेको उद्धारका लागि बिशाखापट्टनम र अनाकापल्ली सहरबाट एम्बुलेन्स पठाउन भनिएको छ । यस्तै दुर्घटना भएको क्षेत्रका अस्पताललाई घाइतेको तत्काल उपचार थाल्न सचेत गराइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
वि.सं.२०८० कात्तिक १३ सोमवार ११:४७