दुई हप्ताका लागि मलेसियाद्वारा कामदारको आवेदन लिन बन्द
582
sharesकाठमाडौँ । मलेसियाले दुई हप्ताका लागि रोजगारदाता कम्पनीको मागपत्र ९आवेदन० स्वीकृति गर्न रोकेको त्यहाँको मानव संसाधन मन्त्रालयले जनाएको छ । तर, मागपत्र प्रमाणीकरण भई आइसकेको कामदार भने सहज रूपमा जान पाउने छन् ।
मलेसियाको मानव संसाधन मन्त्रालयले दिएको जानकारीका अनुसार अगस्ट १५ देखि ३१ तारिखसम्म रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्न अस्थायी रोक लगाइएको हो । मलेसियाले आउँदो सेप्टेम्बर १ देखि संशोधित रोजगार ऐन–१९५५ लाई कार्यान्वयनमा ल्याउने तयारी गरेकोले कम्पनीको मागपत्र स्वीकृतिमा रोक लगाइएको हो ।
संशोधित रोजगार ऐनमा सुधार गरिएको प्रावधानहरू भने विज्ञप्तिमा उल्लेख छैन ।
वि.सं.२०७९ साउन २३ सोमवार १६:५८