कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोद्वारा सपथग्रहण
594
sharesबोगोटा । गुस्ताभो पेट्रोले आइतबार कोलम्बियाको राष्ट्रपतिको रूपमा सपथग्रहण गरेका छन् । उनी वामपन्थी नेताहरुको तर्फबाट कोलम्बियाको पहिलो राष्ट्रपति भएका छन् । उनको सपथग्रहण समारोहमा लाखौं व्यक्ति जम्मा भएका थिए ।
“कोलम्बियाको संविधान र कानूनलाई इमानदारीपूर्वक लागू गर्न “म भगवानसँग कसम खान्छु र जनतासँग प्रतिज्ञा गर्छु” ६२ वर्षीय पेट्रोले सपथग्रहणका क्रममा भनेका छन् ।
उनले दशकौंदेखि लागुऔषध विरुद्धको प्रयासलाई लक्षित गर्दै “लागूऔषध विरुद्धको युद्ध असफल भएको कुरालाई मान्यता दिने नयाँ अन्तर्राष्ट्रिय महासन्धि गर्नु पर्ने बताएका छन् ।
वन विनाशबाट पीडित कोलम्बियाको अमेजन नदी क्षेत्रका बासिन्दालाई मद्दत गर्न अन्तर्राष्ट्रिय कोष स्थापना गर्न पनि उनले आह्वान गरेका छन् ।
पेट्रोले आफ्नो चार वर्षको कार्यकालमा धनीहरूमाथि कर बढाउने, स्वास्थ्य सेवा र शिक्षामा लगानी गर्ने र गत वर्ष अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको असमानता विरोधी “क्र्याक” मा सुधार गर्ने वाचा गरेका छन् ।
भेनेजुयाली राष्ट्रपति निकोलास मदुरोले पेट्रोलाई भिडियोमार्फत् बधाई दिँदै भनेका छन्, “म कोलम्बियाका जनतालाई र राष्ट्रपति गुस्ताभो पेट्रोलाई मानिसहरू बीचको सम्मान र प्रेमको आधारमा भाइचाराको पुनर्निर्माण गर्न मेरो हात बढाउने छु ।”
वि.सं.२०७९ साउन २३ सोमवार १७:०६