back
health 2
aids

मोनालिसाको पेन्टिङमा जलवायु कार्यकर्ताले फाले सुप

312 

shares

पेरिस । जलवायु परिवर्तनका अभियन्ताहरूले पेरिसको लुभ्र म्युजियममा रहेको मोनालिसाको चित्रकलालाई निशाना बनाएका थिए ।

दुई महिला कार्यकर्ताले संग्रहालयमा रहेको चित्रकलाको अगाडिको गिलासबाट सुप फालेका छन् । सुरक्षालाई चकित पारेर दुवै महिला पेन्टिङको नजिक पुगेका थिए । यस घटनाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा दुई महिलाले पहिले केही टाढाबाट पेन्टिङमा सुप फाल्छन् र त्यसपछि पेन्टिङको नजिक पुग्छन् ।

पेन्टिङमा सुप फालेपछि त्यहाँ उपस्थित सुरक्षाकर्मीले पेन्टिङको अगाडि कालो पर्दा लगाएको भिडियोमा देखिन्छ । फ्रान्सेली समाचार संस्थाका अनुसार दुई कार्यकर्ता पेन्टिङको नजिक पुग्छन र फ्रान्सेली भाषामा कराएर भन्छन, ‘कुन चाँही महत्त्वपूर्ण छ, कला वा स्वस्थ तथा उपयुक्त खाद्य प्रणालीको अधिकार ?’

उनीहरुले फ्रान्सेली भाषामा भनेका छन्, ‘तपाईको कृषि प्रणाली खराब छ । हाम्रा किसान काम गर्दागर्दै मरिरहेका छन् ।’ यी दुवै कार्यकर्ता फ्रान्सेली संगठन रिपोस्टे एलिमेन्टेयरको प्रतिनिधित्व गरिरहेका थिए । पछि वातावरण र खाद्यान्नको स्रोतको आवश्यकतालाई उजागर गर्नका लागि यो विरोध गरिएको भन्दै जलवायु अभियन्ताले विज्ञप्ति जारी गरेका छन् ।

यसअघि पनि धेरै कार्यकर्ताहरूले जलवायु परिवर्तनको बारेमा सचेतना जगाउन आर्टलाई निशाना बनाएका छन् । यसअघि मे २०२२ मा एक विरोध प्रदर्शनका क्रममा मोनालिसाको पेन्टिङको अगाडिको गिलास थिचिएको थियो । अक्टोबर २०२२ मा लन्डनको नेशनल ग्यालरीमा भिन्सेन्ट भान गगको सनफ्लावर चित्रकलामा पनि सुप फालिएको थियो ।


मंगलादेवी फाउन्डेसनद्वारा चियापान कार्यक्रम सम्पन्न

मंगलादेवी फाउन्डेसनद्वारा चियापान कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा भाग लिन आएका...

प्रसूति गृहमा आमाको हातबाटै बच्चा चोेरी

प्रसूति गृहमा आमाको हातबाटै बच्चा चोेरी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग...

सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

सिटिजन्स बैंकद्वारा वृद्धाश्रमलाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सत्य साई वृद्धाश्रमलाई...

सिटी एक्सप्रेसको योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेसको योजनाको उपहार हस्तान्तरण कार्यक्रम सम्पन्न

काठमाडौं । सिटी एक्सप्रेसले विदेशबाट सिटी पठाऔँ, पठाएकोभन्दा १०...

औषधि व्यवस्था विभागको अर्धवार्षिक समिक्षा सम्पन्न

औषधि व्यवस्था विभागको अर्धवार्षिक समिक्षा सम्पन्न

काठमाडौं । औषधि व्यवस्था विभागले आर्थिक वर्ष २०८०/०८१ मा...

राष्ट्रियसभाका सांसदद्वारा मिटरब्याज पीडितलाई न्याय दिलाउन माग

राष्ट्रियसभाका सांसदद्वारा मिटरब्याज पीडितलाई न्याय दिलाउन माग

काठमाडौँ। राष्ट्रियसभाका सदस्यले मिटरब्याज पीडितलाई न्याय दिलाउन सरकारको ध्यानाकर्षण...