back
sanima relaince life

कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोद्वारा सपथग्रहण

2K 

shares
sanima relaince life

बोगोटा । गुस्ताभो पेट्रोले आइतबार कोलम्बियाको राष्ट्रपतिको रूपमा सपथग्रहण गरेका छन् । उनी वामपन्थी नेताहरुको तर्फबाट कोलम्बियाको पहिलो राष्ट्रपति भएका छन् । उनको सपथग्रहण समारोहमा लाखौं व्यक्ति जम्मा भएका थिए ।

“कोलम्बियाको संविधान र कानूनलाई इमानदारीपूर्वक लागू गर्न “म भगवानसँग कसम खान्छु र जनतासँग प्रतिज्ञा गर्छु” ६२ वर्षीय पेट्रोले सपथग्रहणका क्रममा भनेका छन् ।

उनले दशकौंदेखि लागुऔषध विरुद्धको प्रयासलाई लक्षित गर्दै “लागूऔषध विरुद्धको युद्ध असफल भएको कुरालाई मान्यता दिने नयाँ अन्तर्राष्ट्रिय महासन्धि गर्नु पर्ने बताएका छन् ।

वन विनाशबाट पीडित कोलम्बियाको अमेजन नदी क्षेत्रका बासिन्दालाई मद्दत गर्न अन्तर्राष्ट्रिय कोष स्थापना गर्न पनि उनले आह्वान गरेका छन् ।

पेट्रोले आफ्नो चार वर्षको कार्यकालमा धनीहरूमाथि कर बढाउने, स्वास्थ्य सेवा र शिक्षामा लगानी गर्ने र गत वर्ष अन्तर्राष्ट्रिय रूपमा निन्दा भएको असमानता विरोधी “क्र्याक” मा सुधार गर्ने वाचा गरेका छन् ।

भेनेजुयाली राष्ट्रपति निकोलास मदुरोले पेट्रोलाई भिडियोमार्फत् बधाई दिँदै भनेका छन्, “म कोलम्बियाका जनतालाई र राष्ट्रपति गुस्ताभो पेट्रोलाई मानिसहरू बीचको सम्मान र प्रेमको आधारमा भाइचाराको पुनर्निर्माण गर्न मेरो हात बढाउने छु ।”


गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

गुठिचौरको ठुलोहाँका पाटनमा चट्याङः २ सय भेडा मरेको अनुमान

मुगु । जुम्लाको गुठिचौर गाउँपालिका वडा नं ५ स्थित...

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

संकटको घडीमा सबै राजनीतिक दल, संघ संस्था एकजुट हुन आवश्यक छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता...

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

हाईलाइफ फूड्सको नयाँ बासमती चामल बजारमा, घरायसी भान्सादेखि रेस्टुरेन्टसम्म उपयुक्त

काठमाडौं । हाईलाइफले नयाँ उत्पादनको रुपमा चामल व्यवसायमा प्रवेश...