back
sanima relaince life
citizen life
machapuchre bank

दोस्रो विश्वयुद्धमा इटालीको नदीमा खसेको ४५० केजी बम भेटियो

1.2K 

shares
sanima relaince life
citizen life
machapuchre bank

दोस्रो विश्वयुद्धमा नदीमा खसेको बम इटालीको पो नदी नजिक फेला परेको छ । जलवायु परिवर्तनले निम्त्याएको चरम खडेरीका कारण नदीको पानी सतहमा नै देखिन थालेपछि बम भेटिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

४५० केजी बम पो नदीको किनारमा माछा मार्नेहरूले फेला पारेका थिए । इटालीको ७० वर्षमा सबैभन्दा खराब खडेरीमा ६५० किलोमिटर नदीको ठूलो भाग सुकेको छ ।

“पो नदीको किनारमा माछा मार्नेहरूले बम फेला पारेका थिए,” सेनाका अधिकारी कर्नेल मार्को नासीले रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । सेनाका अधिकारीहरूले आइतबार एक नियन्त्रित विस्फोटमा बम विस्फोट गराएका छन् ।

बम डिस्पोजल विशेषज्ञहरूले आइतबार सुरक्षित विस्फोटनका लागि लगभग तीन हजार नजिकका बासिन्दाहरूलाई त्यहाँबाट हटाएका थिए । त्यसबेला उक्त क्षेत्रको हवाई क्षेत्र पनि केही समयका लागि बन्द गरिएको र जलमार्गमा नदीको यातायात पनि बन्द गरिएको थियो ।


पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरामा बस दुर्घटना हुँदा २२ जना घाइते

पोखरा । पोखरामा बस दुर्घटनामा हुँदा २२ जना घाइते...

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

रवीन्द्र मिश्रलाई इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ...

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

नेपालको रेलवे निर्माणमा कोरियाली कम्पनी इच्छुक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको ‘कोरिया...

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

व्यवसायीहरूले केवल नाफाका लागि मात्रै काम गर्छन् भन्ने सोच गलत हो : चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको ८९ वर्षको उमेरमा निधन

मोन्टेभिडियो। उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

प्रधानमन्त्रीद्वारा प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष–२०८२ को ‘लोगो’ सार्वजनिक

काठमाडौँ। प्रेस चौतारी नेपालको प्रशिक्षण वर्ष २०८२ को लोगो...