फुटबल खेलाडी मेस्सीद्वारा भूकम्पग्रस्त टर्की र सिरियालाई सहयोग
582
sharesकाठमाडौं । चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीले भूकम्पग्रस्त सिरिया र टर्कीलाई ३.५ मिलियन युरो रकम सहयोग गरेका छन् ।
टर्कीको मिडियालाई उद्धृत गर्दै टिराना पोस्टले अर्जेन्टिनी खेलाडी मेस्सीले आफ्नो फाउन्डेसनलाई भूकम्पले तहसनहस भएको क्षेत्रमा रकम सहयोग प्रदान गर्न निर्देशन दिएको जनाइएको छ । ३.५ मिलियन युरो भनेको करिब ५० करोड रुपैयाँ हो ।
सोमबारको भूकम्पमा परी हालसम्म १५ हजारको मृत्यु भइसकेको पुष्टि भएको छ ।
वि.सं.२०७९ माघ २६ बिहीवार १४:३१