back
ntc
global ime bank

ट्रम्पले भने : युक्रेनलाई अर्बौं डलर दियौं, बदलामा केही पाएनौं

150 

shares

वासिङटन डिसी । युक्रेन युद्धलाई लिएर अमेरिका र युक्रेनबीच तनाव थप बढेको छ। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र अमेरिकाबीचको वार्तामा युक्रेनलाई समावेश नगरेकोमा अमेरिकाको आलोचना गरेका थिए। अहिले डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई निशाना बनाएका छन्।

सामाजिक सञ्जाल वेबसाइट ट्रुथमा उनले लामो पोस्टमा लेखेका छन्, ‘यस बारेमा सोच्नुहोस्, एक सामान्य हास्य कलाकार भोलोडिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिकालाई आफूले जित्न नसक्ने युद्धमा हाम फाल्न ३५० अर्ब डलर दिन आग्रह गरे। एउटा युद्ध जुन कहिल्यै सुरु हुनुहुँदैनथ्यो। एउटा युद्ध जुन अमेरिका र ट्रम्प बिना अन्त्य हुन सक्दैन। अमेरिकाले यस युद्धमा युरोप भन्दा २०० अर्ब डलर बढी खर्च गरेको छ। युरोपले खर्च गरेको पैसा फिर्ता पाउनेछ, तर अमेरिकाले केही पाउने छैन।’

उक्त विषयमा बाइडेनप्रति पनि उकले तिक्तता पोख्दै भने,’यो लडाई हामी भन्दा युरोपको लागि महत्त्वपूर्ण छ भन्ने थाहा भएर पनि स्लीपी जो बाइडेनले यस विषयमा समानताको माग किन गरेनन्? रोचक कुरा त के हो भने जेलेन्स्कीले पनि स्वीकार गरेका छन् कि हामीले उनलाई दिएको आधा पैसा हराएको छ। उनले देशमा चुनाव गराउन अस्वीकार गरे।’

उनले थप भने, ‘युक्रेनमा जेलेन्स्कीको लोकप्रियतामा निकै कमी आएको छ। उनी केवल एउटा कुरामा पोख्त सावित भएका छन्। त्यो के हो भने उनले बाइडेनलाई आफ्नो धुनमा नाच्न लगाए। यसैबीच हामी रूससँग कुरा गरेर यो लडाईं अन्त्य गर्ने प्रयास गरिरहेका छौं। सबैजनाको विश्वास छ कि ट्रम्प प्रशासनले मात्र यो गर्न सक्छ।’

बाइडेनले पनि युद्ध अन्त्यको प्रयास नगरेको उनले बताए। साथै युरोप पनि शान्ति स्थापना गर्न असफल भएको उनको भनाइ छ। यसको सबैभन्दा ठूलो कारण भनेकै जेलेन्स्की हुन्। उनी युद्ध यसरी नै जारी रहोस् भन्ने चाहान्छन्।

उनले भने, ‘म युक्रेनलाई माया गर्छु तर जेलेन्स्कीले धेरै नराम्रा काम गरेका छन्। उनको देश टुक्रिएको छ र लाखौं मानिसहरू अनावश्यक रूपमा मरेका छन्।’

यसअघि जेलेन्स्कीले रुसले युक्रेनको बारेमा धेरै गलत सूचना फैलाइरहेको आरोप लगाएका थिए। ट्रम्प पनि गलत सूचनाको दुनियाँमा भएको उनले उल्लेख गरेका थिए।


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...