back
ntc
global ime bank

श्रीलङ्कामा मट्टितेलको मूल्य ५० रूपैँया घट्यो

522 

shares

कोलम्बो । श्रीलङ्कामा मट्टितेलको मूल्यमा ५० रूपैँया घटाइएको छ ।

श्रीलङ्काको सरकारी स्वामित्वको इन्धन आयातकर्ता तथा वितरक सिलोन पेट्रोलियम कर्पोरेसन (सीपीसी) ले मट्टितेलको मूल्य घटाउने प्रस्तावलाई बुधबार राष्ट्रपति रनिल विक्रमासिङ्घेले अनुमोदन गर्नुभएको हो ।

राष्ट्रपतिको सञ्चार विभाग (पीएमडी) ले मार्च १ को मध्यरातदेखि मूल्य घटाउने घोषणा गरेको छ ।

मट्टितेलको मूल्य प्रतिलिटर ५० रुपैयाँ (०.१४ अमेरिकी डलर) घटाएर ३०५ रुपैयाँ कायम गरिएको छ । औद्योगिक मट्टितेलको मूल्य प्रतिलिटर १सय ३४ रुपैयाँले घटेर ३ सय ३० रुपैयाँमा झरेको निगमले जनाएको छ ।

सन् २०२२ मा घरेलु आर्थिक सङ्कटका कारण अनुदान हटाइएपछि दक्षिण एसियाली मुलुकमा मट्टितेलमा अत्यधिक सहुलियत दिइएको थियो ।

सन् २०२२ को अगष्टमा सीपीसीले मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँबाट बढाएर ३४० रुपैयाँ र नोभेम्बर २०२२ मा ३६५ रुपैयाँ पुर्याएको थियो । जनवरी २०२३ मा यसको मूल्य घटाएर ३५५ भारु मा झारिएको थियो ।

श्रीलङ्काकामा मट्टितेल मुख्यतया आवासीय क्षेत्र र मत्स्य पालन समुदायहरूले प्रयोग गर्छन् ।

बुधबार श्रीलङ्कामा एक अमेरिकी डलर बराबर ३६२.८४ श्रीलङ्काली रूपैँया कायम गरिएको छ ।


परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. राणा र युक्रेनका विदेशमन्त्री सिबिहाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र युक्रेनका...

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

नेपालमा स्थिर राजनीतिक प्रणाली आवश्यक : विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले...

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

कानुनी राज्यको प्रत्याभूति दिलाउन पहल गर्ने छु : आईजीपी थापा

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले नेपाल प्रहरीका नवनियुक्त प्रहरी...

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

हिमालयन बैंक र सामाजिक सुरक्षा कोषबीच योगदान रकम जम्मा गर्ने सम्झौता

काठमाडौँ । हिमालयन बैंक लिमिटेड र श्रम, रोजगार तथा...

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु

काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ...