back
ntc
global ime bank

भारतमा नौ हजार ६२ कोरोना सङ्क्रमित

732 

shares

काठमाडौं । भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस सङ्क्रमित भएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ । यसैसँगै भारतमा चार करोड ४२ लाख ८६ हजार दुई ५६ जना कोराना भाइरस सङ्क्रमित भईसकेका छन् ।

भारतमा एक दिन अगाडी आठ हजार आठ सय १३ सङ्क्रमित भएका थिए । दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख पाँच हजार ५८ जना रहेका छन् ।

गत २४ घण्टाको समयअवधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँँ पाँच लाख २७ हजार एक सय ३४ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १५ हजार दुई सय २० जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३६ लाख ५४ हजार ६४ जना कोरोनामुक्त भएका छन् ।

नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो ।

सो समयबाट हालसम्म दुई अर्ब आठ करोड ५७ लाख १५ हजार दुई सय ५१ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८८ करोड ६० भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।


नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते

नेपाल लाइफ इन्स्योरेन्सको २५औं वार्षिक साधारण सभा माघ २८ गते

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५औं वार्षिक...

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।...

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको...

सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ : ढकाल

सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिन्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद...

शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् : प्रचण्ड

शेरा दरबारमा मेरो नाम जोडिन्छ भने मबाटै छानबिन गर्नुस् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले...

सामाजिक सञ्जाल नियमनका नाममा प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजियो : प्रचण्ड

सामाजिक सञ्जाल नियमनका नाममा प्रेस स्वतन्त्रतालाई पनि नियन्त्रण गर्न खोजियो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...