back
स्वास्थ्य मन्त्रालय

महिला संघमा समानन्तर कमिटी बनाउन बाध्य भएका छौं : रीता शाही

2K 

shares

रीता शाही, नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य

नेविसंघबाट पार्टी राजनीतिमा उदीयमान महिला नेतृत्व रीता शाही । विकट जिल्ला हुम्लाकी स्थायीवासिन्दा शाही स्कूले जीवनदेखि नेविसंघबाट कांग्रेस राजनीतिमा होमिएकी हुन् । शाही हुम्लाको नेविसंघ जिल्ला कोषाध्यक्ष, र हुम्ला–काठमाडौं सम्पर्क समितिको कोषाध्यक्षसमेत भइसकेकी छिन् ।

त्यसपछि उनी गुरु घिमिरे अध्यक्ष र गगन थापा महामन्त्री हुँदा नेविसंघको केन्द्रीय सदस्य भएकी थिइन् । शाहीले पटक–पटक तीन कार्यकाल नेविसंघ केन्द्रीय सदस्य भएर काम गरिसकेकी छिन् । त्यसैगरी संविधानसभा सदस्य, दूर्गम क्षेत्र विकास समितिको सदस्य भएर काम गरिसकेकी शाहीले पार्टीको अञ्चल समन्वय विभागमा पनि रहेर काम गरिसकेकी छिन् । उनी हाल महिला संघको केन्द्रीय सदस्य छिन् । उनै शाहीसँग नेपाल महिला संघको समसामयिक विषयमा केन्द्रित रहेर तरुणदैनिकका लागि गरिएको कुृराकानीको सम्पादित अंश स्

तपाईं महिला संघको केन्द्रीय सदस्य हुनुहुन्छ, अहिलेसम्म के के गर्नुहुँदै छ ?
अहिलेको कमिटी तदर्थ समिति हो । यसको संयोजक उषा राउत मिश्र हुनुहुन्छ । उहाँ संयोजक भएको एक वर्ष भइसक्योे । खासमा भन्ने हो भने तदर्थ समितिले ६ महिनाभित्र अधिवेशन गर्नुपर्नेहो । तर, वर्षदिनमा बल्ल तदर्थ समितिकै पूर्ण कमिटि ल्याउनुभएको छ । त्यही तदर्थ समितिको म केन्द्रीय सदस्य भएको जम्मा ३ महिला भयो ।

हामी पनि अधिवेशन गर्नकै लागि यो तदर्थ समितिमा आएका हौं । समितिमा आइसकेपछि पहिलो मिटिङमै हामी अब अधिवेशनको तयारी गरौं । त्यसको लागि विधि र विधानले दिएको मापदण्ड अनुसार अगाडि बढौं र हाम्रो जिम्मेवारी पुरा गरौं भनेर संयोजकज्यूलाई हामीले सहयोग गर्छौं भन्दा उल्टै उहाँले जिल्लाका नर्वाचित सभापतिहरुलाई बर्खास्त गर्न थाल्नुभयो । र, ती ठाउँहरुमा आफूखुसी एकलौटी निर्णय गर्दै अगाडि बढ्न थालेको सामाजिक सञ्जालबाट थाहा पाएपछि हामीले असन्तुष्टि व्यक्त गर्न थालेका हौं ।

तपाईंहरुको माग चाहीं त ?
संयोजकज्यूद्वारा एकलौटी रुपमा बर्खास्त गरिएका १२ जिल्लाका सभापतिहरुलाई यथास्थानमा पुनस्र्थापना गर्नुपर्ने । केन्द्रीय अधिवेशनको मिति छिटोभन्दा छिटो तय गर्नुपर्ने । अधिवेशनको लागि विधानसम्मत ढंगले अगाडि बढ्नुपर्ने ।

संयोजकज्यूले आफ्नो घरमा राखेको नेपाल महिला संघको कार्यालयलाई महिला संघकै भवन धापामा सारिनुपर्ने । महिला संघको साधारण सदस्य वितरण गर्दा जिल्ला सभापति र केन्द्रीय सदस्यको समन्वयमा हुनुपर्ने । तर, संयोजकज्यूले १२ वटा जिल्लामा कसैसँगै सरसल्लाह र मापदण्ड नबनाइ एकलौटी ढंगले जिल्ला संयोजक तोक्नुभएको छ । ती जिल्लामा एकलौटी ढंगले तोकिएका संयोजकहरु यथास्थानमा पुनर्वहाली नगरिएमा १२ वटै जिल्ला समानन्तर कमिटी गठन गर्न हामी वाध्य हुनेछौं ।

संयोजकले एकलौटी गरेको भन्नुभयो अब तपार्इंंहरु के गर्नुहुन्छ ?
महिलेको केन्द्रीय तदर्थ समितिको कार्यसमिति ५३ जनामा छौं । त्यसमध्ये २० जनाले केन्द्रीय सदस्यले नेतृत्वको कामप्रति असन्तुष्टी व्यक्त गर्दै आएका छौं । उहाँलाई हामीले पटक–पटक एकलौटी गरिएको निर्णयहरु फिर्ता लिन आग्रह गरिसकेका छौं । त्यसको लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह–महामन्त्री महालक्ष्मी डिना उपाध्यायलगायत सम्पूर्ण नेताहरुलाई जानकारी गराइसकेका छौं ।

तपाईंहरुले असन्तुष्टि जनाइरहँदा नेताहरुबाट कस्तो आश्वासन पाउनुभयो ?
हामीले पार्टीसभापतिलगायत पदाधिकारीहरुलाई महिलासंघ भित्र भइरहेका गतिविधिहरुप्रति हामी सन्तुष्ट छैनौं । संयोजकज्यू विधान अनुसार चल्नुभएको छैन । विधान अनुसार नचल्दा देशभरका महिला दिदीबहिनीहरु आन्दोलित भएका छन् । कतिपय जिल्लामा संयोजकज्यूले एकलौटी गर्दा पुराना र संगठनभित्र योगदान गरेका धेरै महिला दिदीबहिनीहरुको भावनामा चुट पुगेको छ । यी यावत कुरा नेतासमक्ष भन्दा उहाँहरुले यसबारे हामी बुझ्छौं ।

सबैलाई मिलाएर लैजानुपर्छ । आन्तरिक लडाइँ गरेर हामी कहीं पुग्दैनौं । त्यसैले यो पक्ष, ऊ पक्ष भन्दा पनि पार्टी एकढिक्का बनाएर अगाडि बढ्नुपर्छ । त्यसमा योगदान गरेका दिदीबहिनीहर छुट्नुहुँदैन । सबैको भावनाको कदर हुनुपर्छ । त्यो कुरा हामी संयोजकलाई भन्छौं भन्नुभएको थियो । तर, अहिलेसम्म महिला संघको विवादका बारेमा पार्टीका शीर्ष नेताहरुले एकपटक पनि गम्भीर भएर छलफल गरेको पाइएन । त्यसकारण पनि महिला संघलाई जीवन्त राख्नको लागि भोलिबाटै समानन्तर कमिटी घोषणा गर्न वाध्य भएका छौं ।

समानन्तर कमिटिको कुरा गर्नुभयो तर्साउनको लागि मात्रै हो कि देशैभर पुग्नुहुन्छ ?
हामीले रहर इगो साध्नको लागि समानन्तर कमिटि गठन गर्न लागेका होइनौं । पार्टी संगठनलाई बलियो बनाउन । सबैलाई एकढिक्का बनाएर जनता सामु लानको लागि प्रयास गर्दा पार्टी नेतृत्वले ध्यान नदिएपछि हामी समानन्तर कमिटी गठन गरेर भएपनि संगठन जोगाउन लागेका हौं । त्यसको बारेमा हामीले पार्टी नेतृत्वलाई पटक–पटक जानकारी गराएका हौं । त्यत्तिकै इगो साध्नको लागि हामीले रडाको मच्चाएका होइनौं ।

पार्टीको, संगठनको नेतृत्व गर्ने व्यक्तिले सबैलाई मिलाउन सक्नुपर्छ । त्यो क्षमता महिला संघको संयोजकले देखाउन सक्नुभएन । संगठनलाई विधि, विधान र पद्दतिमा चलाउन सक्नुभएन । ६ महिनाभित्रमा गर्नुपर्ने काम वर्षदिन नाघिसक्दा पनि गर्न सक्नुभएन । देशैभरका महिला दिदीबहिनीहरु महिला संघको नेतृत्वप्रति असन्तुष्ट हुनुहुन्छ । त्यसको जानकारी हामीले पार्टी नेतृत्वलाई गराइसकेका छौं । उहाँहरुले पनि खासै ध्यान दिएको देखिएन । त्यसकारण धेरै बहस, छलफलबाट हामी यो निष्कर्षमा पुगेका हौं ।


व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : महानिरीक्षक कुँवर

व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : महानिरीक्षक कुँवर

चितवन । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको व्यवहार, मनोवृत्ति...

कृषिमा आत्मनिर्भर हुन ११ पकेट क्षेत्र बनाइने

कृषिमा आत्मनिर्भर हुन ११ पकेट क्षेत्र बनाइने

हेटौंडा। बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बाग्मती प्रदेश सरकारले...

वन्यजन्तुको सङ्ख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छः वनमन्त्री डा. महतो

वन्यजन्तुको सङ्ख्यामा वृद्धिसँगै व्यवस्थापनमा चुनौती थपिएको छः वनमन्त्री डा. महतो

काठमाडौं । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतो वन...

अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

अमेरिकी राष्ट्रपति वाइडेन र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जोसेफ रोबिनेट वाइडेन...

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री प्रचण्ड

शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु-याउनु नेपालको प्रमुख एजेण्डाः प्रधानमन्त्री प्रचण्ड

न्यूयोर्क । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणलीन न्यायका बाँकी...

रहेनन् गणतन्त्रवादी नेता ‘मायालु’

रहेनन् गणतन्त्रवादी नेता ‘मायालु’

काठमाडौँ । पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा...