म यस गाउँपालिकामा निर्वाचित भएर आएदेखि जनताको काम बाहेक एकछिन समय खेरा फालेको छुइँन : अध्यक्ष निमा
1.1K
shares
निमा ग्याल्जेन शेर्पा, अध्यक्ष हेलम्बु गाउँपालिका, सिन्धुपाल्चोक
नेपाली कांग्रेसका स्थापित नेता हुन् निमा ग्याल्जेन शेर्पा । सिन्धुपाल्चोमा जन्मिएका उनी अहिले हेलम्बु गाउँपालिको दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित छन् । विद्यार्थीकालदेखि कांग्रेस राजनीतिमा होमिएका शेर्पा राजनीतिसँगै समाजसेवामा रुची राख्ने इमानदार नेता र स्पष्ट वक्ताको रुपमा परिचित छन् । सधैं देश र जनताको काममा दत्तचित्त उनी आफूले के गरेँभन्दा पनि त्यो कामले जनता सन्तुष्ट छन् कि छैनन् भनेर चिन्ता गर्ने नेताको रुपमा आफूलाई उभ्याउन चाहन्छन् । दीर्घकालीन विकासमा जोड दिने उनी भूगोलको आवश्यकता र जनताको चाहना अनुसारका जनप्रतिनिधिले काम गर्नुपर्ने बताउँछन् । स्थानीय विकाससम्बन्धी यिनै समसामयिक विषयमा केन्द्रित रहेर उनै अध्यक्ष निमासँग कालिका महतले तरुणदैनिक डट कमका लागि गरेको कुराकानीको सम्पादित अंश :
‘हेलम्बुको अभियान, नमुना गाउँपालिकाको निर्माण’ भन्ने नारालाई आत्मसात गर्दै अगाडि बढ्नुभएको छ, के-के नमुना काम गर्दै हुनुहुन्छ ?
नमुना काम भन्नेबित्तिकै एकैचोटी चमत्कार हुने होइन । जनताको चाहना र आवश्यक अनुसारको काम हुनुपर्छ । त्यसलाई हेर्ने हो भने हेलम्बु गाउँपालिकामा शिक्षाको क्षेत्र होस्, स्वास्थ्यको क्षेत्र होस्, त्यसैगरी भष्टाचारसून्य गाउँपालिका बनाउने कुरामा होस् अथवा कृषि, पर्यटनलगायको क्षेत्रमा होस्, हाम्रो बलबुता र साधनस्रोतले भ्याएसम्मको काम गरेर अगाडि बढेका छौं । त्यसको बारेमा तपाईंले यहाँका नागरिकहरुलाई सोध्न सक्नुहुन्छ ।
उहाँहरुले तपाईंलाई भन्नुहुने छ, मैले काम गरेको छ कि छैन भनेर । मैले यस गाउँपालिकामा कोभिड १९ को कहरदेखि यता दीर्घरोगीहरुलाई निःशुल्क औषधि अहिलेपनि खुवाइराखेको छु । यदि कुनै गाउँपालिकाले दीर्घरोगीकालाई निःशुल्क औषधि खुवाएको छ भने त्यो हेलम्बु गाउँपालिकाले मात्रै खुवाएको छ । त्योसँगै यहाँबाट उपचारको लागि काठमाडौं जाने बिरामीलाई जान–आउन निःशुल्क यातायातको व्यवस्था गरिएको छ । सुत्केरी हुने आमाहरुलाई घरमै पुगेर बर्थिङ्ग सेन्टरसम्म पु¥याउने व्यवस्था मिलाइएको छ ।
उहाँहरुलाई यदि काठमाडौं लानुप¥यो भने पनि फिरीमा पु¥याउने र ल्याउने काम गरिएको छ । कसैलाई इमर्जेन्सी काठमाडौं लानुप¥यो, एम्बुलेन्सले भ्याएन भने निजी भेइकलबाट पनि पु¥याउने काम गरेका छौं । म अर्को कुरा के भन्न चाहन्छु भने यदि नेपाल सरकारले शिक्षा र स्वास्थ्यलाई निःशुल्क गर्ने हो भने युवाहरु विदेशिने क्रम पनि कम हुने थियो । नेपालमा शिक्षा र स्वास्थ्य एकदमै महंगो भएकाले पनि अधिकांश नेपाली युवाहरु विदेश जान वाध्य छन् ।
त्यसोभए नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापक व्यापारीकरण भएर महंगो भएका कारणले युवाहरु विदेशिन वाध्य भएका हुन्, शिक्षा र स्वास्थ्य निःशुल्क भएदेखि युवा विदेशिने क्रम घट्छ भन्न खोज्नुभएको हो ?
हो, नेपालको स्वास्थ्य क्षेत्र यति महंगो भयो कि एउटा गरी नेपाली बिरामी हुँदा उपचारमा सबै पैतृक सम्पत्ति खर्च भएर पनि ऋण लाग्ने भयो । अहिले जुनसुकै पार्टीका नेताहरु पनि नेपालका सबै युवाहरु विदेश गए । नेपालमा चाहीं खाली जेष्ठनागरिक र सशक्तहरु मात्रै हुने भए भनेर रोइलो गरिरहेका छन् । तर, पुराना नयाँ सबै पार्टीका नेताहरुले के कारणले नेपाली युवाहरु विदेश गए ? भनेर कारण पत्ता लगाउनखोजेको पाइँदैन ।
गाउँघरमा कोही मान्छे बिरामी भयो भने ऋण लिएर उपचार गर्नुपर्ने हुन्छ । ती बिरामीहरुको उपचार गर्दा हस्पतालहरुले ३ देखि २० लाखसम्म बिल उठाइदिन्छन् । कतिबेला अभिभावक अथवा परिवारको सदस्य बिरामी भएर मैले ऋण बोक्नुपर्ने हो भनेर पनि अधिकांश युवाहरु विदेश जाने गरेका छन् । उता शिक्षामा त्यस्तै एउटा बच्चालाई अलि राम्रो बोर्डिङ स्कूलमा पढाउनुप¥यो भने कक्षा ११, १२ सम्मा पुग्दा २० देखि २५ लाख रुपैयाँ लाग्छ । यदि सरकारले शिक्षा र स्वास्थ्य क्षेत्र हाम्रो जिम्मा भयो भन्यो भने त जुन संख्यामा युवाहरु विदेशिएका छन्, त्यसरी जाँदैनन् भन्ने लाग्छ ।
शिक्षा र स्वास्थ्य त महंगो छँदैछ, त्योसँगै रोजगारीको वातावरण पनि राज्यले बनाउन सकेको छैन नि अनि कसरी युवाहरु विदेशिने क्रम रोकिन्छ ?
रोजगारी पनि आफ्नो ठाउँमा छ । तर, नेपालमा शिक्षा र स्वास्थ्य निःशुल्क गराउने हो भने खान र लाउनकै लागि त युवाहरुले यहीं बसेर पनि काम गर्छन् नि । नेपालको कमाइले परिवारका सदस्य बिरामी हुँदा उपचार गराउन सक्दैन । छोराछोरीले रोजेछानेको विद्यालयमा पढाउन सक्दैन । त्यसो भएपछि बढी कमाई र उच्च शिक्षाको लागि विदेशिन्छन् । यदि खान र लगाउन मात्रै विदेश जान कसलाई रहर हुन्छ ? परिवारसँग बसेर रमाउन सबैलाई इच्छा छ नि ।
त्यसकारण तपाईंको मिडियामार्फत म के भन्न चाहन्छु भने, हाम्रा राजनीतिक दलका नेताहरु जुनसकै पार्टीका हुन्, अहिले नयाँ आएकालाई पनि जनताका वास्तविक आवश्यकता पहिचान छैन । सबैले गन्तव्य बिहीन राजनीतिक यात्रा गरिरहेका छन् । यसमा एउटा सामान्य उदाहरण लिन सकिन्छ, जस्तो अहिले पनि २ करोड हाराहारी जनसंख्या नेपालमै बसेका छन् । उहाँहरुलाई तपाईंहरुको शिक्षा र स्वास्थ्यको जिम्मा नेपाल सरकारले लिन्छ । तपाईंहरु बिरामी हुँदा ५० सै लाख खर्च भए पनि राज्यले गर्छ । तर, तपाईंहरु प्रत्येकले वर्षमा १ हजार रुपैयाँ राज्यको कोषमा जम्मा गर्नुहोस् भन्ने हो भने कसैले नाईँ भन्नुहुन्न भन्ने लाग्छ ।
दुई करोज जनताबाट १ हजार उठाउँदा २ सय करोड जम्मा हुन्छ । त्यो रकमले देशका ठाउँठाउँमा अस्पताल खोलेर उपचार गर्न राज्यले किन सक्दैन ? मलाई देशको स्वास्थ्य मन्त्री बनादिउन्, त्यसको जिम्मा म लिन्छु । यदि मैले त्यो काम गर्न सकिँन भने मलाई हटाइदिनु । शिक्षाको क्षेत्रमा त्यसरी गाउँमा एसईई पास गर्नेबित्तिकै विद्यार्थी काठमाडौं आउनुनपर्ने गरी गाउँगाउँमा रहेका सामुदायिक विद्यालयमा योग्य शिक्षक उपलब्ध गराएर आफूले रोजेको विषय पढ्न पाउने हो भने ती विद्यार्थी काठमाडौं किन आउँछन् ? काठमाडौंमा साधारण सरकारी क्याम्पसमा पढाउन पनि महिनामा २५ हजार नभइ पुग्दैन ।
कक्षा ११, १२ पढ्न कम्तिमा ७, ८ लाख खर्च हुन्छ । त्यहाँदेखि ब्याचलर, डिग्री गर्न अरु १७, १८ लाख सकिन्छ । पढेर सर्टिफिकेट जम्मा ग¥यो देशमा रोजगारी पाइँदैन । त्यसो भएर पनि अधिकांश विद्यार्थीहरु कक्षा ११, १२ पास हुनेबित्तिकै विदेशिने गरेका छन् । एउटा विद्यार्थीबाट १५ देखि २० लाखको दरले पैसा बाहिर गइरहेको छ । त्यसैले गाउँगाउँमा शिक्षा निःशूल्क अनिवार्य हुनुपर्छ ।
शिक्षा मात्रै भएर भएन, प्राविधिक, सीपमुलक र व्यवसायिक पनि हुनुप-यो, त्यसको लागि साधनस्रोत कसरी जुटाउने ?
हो, समय सुहाउँदो शिक्षा हुनुपर्छ । त्यसको लागि सरकारले जिम्मा लिएपछि साधनस्रोतको व्यवस्था गर्नुपर्छ । हाम्रो विद्यार्थी विदेशमा गएर कस्तो शिक्षा आर्जन गरिरहेका छन् । संसारमा कुन खालको शिक्षा बिकेको छ त्यो हेरेर ल्याउने काम सरकारको हो । अनि त्यो विदेशमा गएर सिक्ने सीप, क्षमता अनुसारको शिक्षा प्रणाली नेपालमै लागु गर्न सके किन विदेश पढ्न जान्छन् ? नेपालमै पढिहाल्छन् नि । तपाईंको मिडियामार्फत एउटा कुरा भन्न म वाध्य भएँ । यहाँ हाम्रो नेताहरुको स्कूल, कलेज र अस्पतालमा ठूलोठूलो लगानी छ ।
त्यसो हुनाले पनि उहाँहरु सरकारी स्कुल, कलेजलाई गुणस्तरी बनाउनुपर्छ भनेर लागिपर्नुहुन्न । यही हिसाबले मुलुक अगाडि बढ्दै जाने हो भने अबको २०, ३० वर्षपछि न यहाँ सरकारी स्कुल, कलेजमा पढ्ने एउटा विद्यार्थी हुन्छ । न ती विद्यालयमा पढाउने शिक्षक हुन्छन् । न सरकारी अस्पतालमा एउटा बिरामी उपचार गर्न जान्छन् न त्यहाँ योग्य चिकित्सकहरु हुन्छन् । न अन्य सरकारी अफिसमा जागिर खाने योग्य कर्मचारी हुन्छ ।
तपाईंले त्यसो भनिरहँदा सरकारी जागिर खाने र सार्वजनिक पद धारण गरेका जनप्रतिनिधिहरुले आफ्नो छोराछोरी अनिवार्य रुपमा सरकारी विद्यालयहरुमा पढाउनुप¥यो नि त्यो गरेको देखिँदैन ?
सरकारी जागिर खाने कर्मचारी र जनप्रतिनिधिहरुका छोराछोरी सामुदायिक विद्यालयमा पढाएर मात्रै पनि यो समस्या समाधान हुँदैन । यहाँ त के भइदियो भने पैसा भएकाले पनि केही व्यक्ति मिल्ने स्कुल, कलेज खोल्ने १०, १५ वर्ष चलाउने अलिकति घाटामा जान लाग्यो भने बन्द गरेर लगानी अन्यत्र लाने, अस्पताल खोल्ने अलिकति तलमाथि हुनेबित्तिकै बन्द गर्ने अथवा निष्क्रिय हुने भएपछि त्यसमा भएका लगानी खेर गयो । स्वास्थ्य सामाग्रहरु पनि त्यसै बिग्रिएर खेर गयो । त्यसको सट्टा उद्योग, धन्दा सञ्चालन गर्ने हो भने केही युवाले रोजगारी पाउने थिए ।
मुलुक पनि आत्मर्निभर हुने थियो । नेपाली पैसा विदेशिने पनि थिएन । तर, प्राइभेट लगानीले पछिल्लो समय शिक्षा र स्वास्थ्य एकदमै महंगो भयो । यसलाई राजनीतिक नेताहरुले नै व्यापारिकणतिर उन्मुख गराए । शिक्षा र स्वास्थ्यमा व्यापारिकरण भएपछि मुलुक सबैतिरबाट समस्यामा पर्न थाल्यो । यस्तो अवस्था रहिरहने हो भने अझै भयाबह स्थिति सिर्जना हुने देखिन्छ ।
यो विषयमा देश चलाउने नेताहरुले नसोचे मुलुकको अवस्थामा झन् बिग्रिन्छ हो ?
यस्तै अवस्था रहिरहने हो भने अबको २०, ३० वर्षपछि तपाईं बिरामी हुँदा उपचार गर्ने डाक्टर पनि पाउनुहुन्न अनि किन नेपालमा बस्नुहुन्छ ? किन भने एउटा एमबीबीएस डाक्टर पढ्न करोड खर्च गरेको हुन्छ । उसको तलब ४०, ४५ हजार हुन्छ अनि कि ऊ यहाँ बस्छ ? त्यसकारण कामको प्रकृति, सम्वेदनशीलता, जिम्मेवारी र क्षमतालाई मूल्याङ्कन गरेर तलब सुविधा हुनुपर्छ । तर, भ्रष्टाचार गर्नेलाई कडा कारबाही हुनुपर्छ ।
हेलम्बुमा पर्यटन प्रवद्र्धनको लागि कस्तो कार्यायोजना तय गर्नुभएको छ ?
पर्यटकीय दृष्टिकोणले हेलम्बु गाउँपालिका अत्यन्तै महत्वपूर्ण ठाउँ हो । यहाँ पर्यटनसँगै कृषिलाई पनि सँगसँगै लिएर जाने योजना बनाएर अगाडि बढेको छु । काठमाडौंबाट नजिक रहेकाले पनि यहाँ उत्पादन हुने कृषिजन्य खाद्यान्नले पर्यटकहरुलाई थप आकर्षित गरेको छ । यहाँको सच्छ हावापानी, हरियालीले भरिपूर्ण रमणीय स्थलहरुले गर्दा पनि पर्यटकहरु रमाउने गर्दछन् । हेलम्बुमा पर्यटन विकासको लागि रोडको निर्माण गरेका छौं । पर्यटनसँगै धार्मिक दृष्टिकोणले पनि हेलम्बु महत्वपूर्ण ठाउँको रुपमा गनिएको छ । बुद्धिष्टहरुले यहीं ठाउँमा तपस्या गरेका हुन् ।
देशको राजधानीलाई खानेपानी उपलब्ध गराउने मुहान पनि हेलम्बु गाउँपालिकामा पर्दछ । यहाँको भौगोलिक अवस्थालाई हेर्दा ९ सय मिटर हाराहारी तल छ भने माथि २५ देखि ३० हजार मिटरसम्मको उचाईमा पुगेको छ । एउटा गाउँपालिका हेलम्बुमा एक हजार मिटरदेखि ६ हजार मिटरसम्मको उचाईंमा अवस्थित छ । यहाँ रेडपाण्डादेखि विभिन्न महत्वपूर्ण र ऐतिहासिक जंगली जनावरहरु रहेका छन् । त्यसकारण हरेक हिसाबले यो गाउँपालिका सम्भावना बोकेको ठाउँ हो । यहाँ भौगोलिक बिकटताका कारणले केही समस्याहरु छन् त्यसलाई समाधान गर्नेतिर हामीहरु लागिपरेका छौं ।
पर्यटन भन्नेबित्तिकै यातायातसँग जोडिन्छ, बाढीपहिरोले पनि क्षति पु¥याइरहन्छ सडक निर्माण र पुनःनिर्माणमा कत्तिको सुधार गरेँ जस्तो लाग्छ ?
पहिला मेलम्चीको ड्याम आसपासका गाउँहरुमा एक दिन पानी प¥यो भने महिनौं गाडी जाँदैन थिए । हामी निर्वाचित भएर आइसकेपछि त्यस कुरालाई मध्येनजर गरेर काम अगाडि बढायौं । पहिला प्रत्येक सडकहरु एकदमै साना थिए । हामी आइसकेपछि ती प्रत्येक ९ मिटर, १० मिटरका सडकहरुलाई बढाएर अहिले टू ल्यान्डको बनाएका छौं । पहिला हिउँदमा पनि गाडी जाननसक्ने ठाउँमा अहिले वर्षायाममा पनि प्रत्येक वडाका टोलटोडमा गाडी पुग्छन् । ती प्रत्येक सडकलाई क्रमिक रुपले पीच गर्ने भनेर अहिले २७ करोड बजेट पनि पारेका छौं ।
हामीले प्रत्येक वडामा पुग्न डबल ल्याण्डको सडक बनाएका छौं । बाहिर आउनेहरुले भन्ने गर्दछन् यो हेलम्बुमा मात्रै यति ठूलो सडक किन चाहियो भनेर प्रश्न पनि गर्दछन् । काठमाडौंका अधिकांश ठाउँमा एउटा गाडीभन्दा छिर्ने बाटो छैन । त्यसको लागि पहिला प्लानिङ गरिएन । अहिले सडक फराकिलो बनाउन व्यक्तिको घर भत्काउनु परेको छ । त्यो व्यक्तिको घर भत्किनु भनेको राज्यको सम्पत्ति पनि नास हुनु हो । त्यस कुरालाई मध्यनजर गरेर हामीले अबको ५० वर्ष पछाडिलाई हेरेर प्लानिङ गरी सडक निर्माण गरेका छौं ।
एउटा क्षेत्रमा मात्रै होइन प्रत्येक क्षेत्रमा दीर्घकालीन सोच राखेर विकास निर्माण गर्नुपर्छ । दीर्घकालीन सोच नराखी ५, १० वर्षलाई हेरेर विकास निर्माण गर्दा राज्यको सम्पत्ति बिनाकाम खेर जान्छ । त्यसकारण हामीले हेलम्बु गाउँपालिकामा प्रत्येक काम दीर्घकालीन सोच राखेर गरेका छौं । मैले के गरेँ भन्दा पनि यहाँका जनता त्यो कामबाट सन्तुष्ट छन् कि छैनन् त्यसमा ध्यान दिनुपर्छ । त्यो मैले सोचेको छु ।
सुशासनको क्षेत्रमा के-कस्तो चुनौती छ, तपाईंले समग्र जनताको काम गरिरहँदा ?
सुशासनको विषयमा भन्नुपर्दा हरेक विकासका योजनाहरु सर्वदलीय मिटिङबाट विवादरहित ढंगले पारित गर्ने गरेका छौं । चुस्त, दुरुस्त र सेवाग्राहीमुखी सेवाप्रवाहको लागि कर्मचारीहरु पनि त्यत्तिकै लागिपर्नुभएको छ । भ्रष्टाचारसून्य सेवाप्रवाहलाई ध्यानमा राखेका काम गरिरहेका छौं । सामाजिक सुरक्षा भत्ता वितरणको लागि गाउँदेखि पालिकासम्म आउन गाह्रो हन्छ भनेर बैंकका कर्मचारीलाई घरपायकमै उपलब्ध गराएर सेवा दिने काम गरेका छौं ।
बैंकका कर्मचारीलाई गाउँगाउँमा पुग्नको लागि गाडीको व्यवस्था पालिकाले गरेको छ । सामाजिक सुरक्षा भत्ता सबैको बैंकमार्फत वितरण गरिएको छ । हेलम्बु गाउँपालिकाले गरेको विकास निर्माणका काममा कुनै ठाउँमा भ्रष्टाचार र अनियमितता भयो भन्ने गुनासो आएको मैले पाएको छैन । जुनसुकै पार्टीबाट निर्वाचित भएका वडा अध्यक्ष भए तापनि सबैलाई समान रुपले काम गर्ने वातावरण मिलाइएको छ । यस गाउँपालिकामा म निर्वाचित भएर आएदेखि जनताको कामबाहेक एकछिन पनि समय खेरा फालेको छुइन ।
विकास निर्माणका हरेक काम गर्दा आफै उपस्थित भएर गुणस्तरीयताको ख्याल गरिरहेको छु । त्यसको बारेमा मैले भन्दा पनि यहाँका जनतालाई सोध्दा हुन्छ । मेरो कामलाई हेरेर नै यहाँका जनताले मलाई दुई÷दुईपटक निर्वाचित गराउनुभएको हो भन्ने लाग्छ । त्यसकारण हेलम्बुवासीलाई म भन्न चाहन्छु, तपाईंहरुलाई परेको हरेक समस्या मसँग खुलस्त राख्नुहोस् । त्यसको समाधान गाउँपालिकाको साधनस्रोत र मेरो बलबुताले भ्याएसम्म रत्तिभर नडमगाई गर्न तयार छु ।
वि.सं.२०८० माघ ४ बिहीवार १८:०२