back
rajaswo anusandan bhivag
sanima relaiance life insurance

धैर्यता र निरन्तरता नै जीवनमा सफलताको कडी हो : छिरिङ शेर्पा

690 

shares
sanima relaiance life insurance

कलाकार, मोडल, हिमाल आरोही तथा आदिवासी चलचित्र महासंघको केन्द्रीय उपाध्यक्ष
सफल कलाकार, मोडलिङसँगै सर्वोच्च शिखर सगरमाथा आरोही हुन् छिरिङ शेर्पा । काठमाडौंकी स्थायी वासिन्दा शेर्पा ‘डान्सिङ स्टार नेपाल २०२२ सिजन २’ को वीनर पनि हुन् । ‘गिनिज वल्र्डा रेकर्ड अन हाइएस्ट अल्टिच्यूट कोरियोग्राफी डान्स अन ल्याण्ड पियर’ मा गिनिज वल्र्ड रेकर्ड कायम गर्न सफल उनी आदिवासी चलचित्र महासंघको केन्द्रीय उपाध्यक्ष पनि हुन् । सगरमाथा आरोहण गर्नसमेत सफल शेर्पा समाजसेवा र राजनीतिमा पनि त्यत्तिकै रुचि राख्छिन् । पछिल्लो समय कलाकारितामा केन्द्रित उनी भविष्यमा राजनीति गर्ने बताउँछिन् । उनै शेर्पाको जीवन र संघर्षमा केन्द्रित रहेर तरुण दैनिक डटकमको लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :

यहाँको धेरै क्षेत्रमा दक्षता छ, ठ्याक्कै आफूलाई के भनेर चिनाउन चाहनुहुन्छ ?
म आफूलाई कलाकार नै भनेर चिनाउन चाहन्छु । कलाकारितामा एक्टिङ, मोड्लिङसँगै इभेन्ट अर्गनाइजर पनि गर्छु ।

पछिल्लो पहिचान चाहीं यहँँको के हो ?
नयाँ पहिचान भन्नाले डान्सिङ्ग स्टार नेपाल २०२२ सिजन–२ को वीइनर हुँ । जुन चाहीँ हिमालन टिभीबाट प्रशारण हुन्छ । ‘गिनिज वल्र्डा रेकर्ड अन हाइएस्ट अल्टिच्यूट कोरियोग्राफी डान्स अन ल्याण्ड पियर’ मा गिनिज वल्र्ड रेकर्ड पनि मैले कायम गरेकी छु । त्यसपछि ‘२०२४ मे १९’ मा सगरमाथा आरोहण पनि गरेँ । त्यसकारण हिमाल आरोहीको पनि पहिचान पनि बोकेकी छु ।

पहिला हिमाल आरोण गर्नु एकदमै जोखिमपूर्ण काम हो जुन हिमाली क्षेत्रका शेर्पाहरुले मात्रै गर्न सक्छन् भन्ने छ तपार्इं शहरमा हुर्किएको महिला त्यो पनि कलाकारलाई गाह्रो भएन ?
हिमाल भनेको पहिला पनि त्यही हो, अहिले पनि त्यही हो । हिमाल आरोहण गर्न पहिला गाह्रो थियो, अहिले सजिलो छ, भन्ने हुँदैन । सजिलो भन्ने कुनै पनि काम छैन । हिमाल आरोहण गर्न मात्रै होइन । अरु काममा पनि त्यत्तिकै कठिनार्ईँ छ । अझ माउन्टेनरिङमा त त्योभन्दा डबल कठिनाई र जोखिमपूर्र्ण छ । त्यसमा पहिलाको अहिलेको भन्ने हुँदैन ।

आधुनिक टेक्नोलोजीले सगरमाथा आरोहणमा कुनै फरक पार्दैन चुनौति र कठिनाई उस्तै हो ?
पहिलाको भन्दा केही सहजता चाहीं ल्याएको हो । तेन्जिङ्ग नोर्गे शेर्पाको पालामा अहिलेको जस्तो आधुनिक पोशाक, भरपर्दो अक्सिजन थिएन । टेक्ने स्टिक पनि हुँदैन थियो । सबै लौरोको भरमा जानुपर्ने हुन्थ्यो । अहिलेको जस्तो आधुनिक टेक्नोलोजी त्यतिबेला थिएन । त्यसको तुलनामा अहिले पोशाकहरु, टेक्ने स्टिक, जुत्ता, चस्मा, पन्जालागयतका आधुनिक सामग्रीले हल्का सजह चाहीं भएकै हो । तर, हिमालको उच्चाई त्यही हो, हिड्ने बाटो त्यहीं हो । त्यसकारण जोखिम चाहीं उस्तै हो ।

काठमाडौंमा जन्मिहुर्की गरेको, कलाक्षेत्रमा करियर बनाएको व्यक्ति हिमाल आरोणजस्तो जोखिमपूर्ण यात्रा गर्न कसरी आकर्षित हुनुभयो ?
शेर्पा भएर जन्मिसकेपछि हिमाल आरोण गर्ने मेरो सानैदेखिको रहर थियो । त्यो हुँदाहुँदै पनि छुट्टै पेशामा जाने भनेर कलाकारिता क्षेत्र रोजेँ । कलाकार भइरहँदा साथीभाइहरुले ‘शेर्पा भएर जन्मिसकेपछि त हिमाल चड्न पो जानुपर्छ कहाँ नाच्न आएको ?’ भन्न थाले । त्यो सुनेपछि आफूलाई ‘ओ हो ! मैले त शेर्पा भएर हिमाल आरोहण गर्नुपर्ने हो, त्यो नगरेर गल्ती पो गरेँ कि क्या हो, भनेर मन खिन्न हुने क्या !’ आफू कलाकार बन्न गएको छु । सबैले हिमाल चड्न जाऊ भनेका छन् । त्यो सुन्दा पनि हो जस्तो लाग्छ । फेरि म शेर्पा, जातमा पनि छिरिङ परेँ ।

जात र पेशामा फरक पर्ने रहेछ । किन मान्छेहरुमा शेर्पा हो हिमाल चढिहाल्छ नि उनीहरुलाई त अक्सिजनबिना पनि गाह्रो हुँदैन भन्ने छ । शेर्पा हुनेबित्तिकै उसलाई चाहीं गाह्रो हुँदैन भन्ने होइन । शेर्पालाई पनि थकाई लाग्छ, उसका पनि खुट्टा दुख्छन्, अल्टिच्युट लाग्छ, चिसो पनि लाग्छ । किन कि ऊ पनि मान्छे हो । फरक यत्ति हो हिमाली क्षेत्रमा जन्मिहूर्की गरेको शेर्पालाई केही सहज होला । तर, मेरो त जातमा मात्रै शेर्पा छ । म काठमाडौंमा जन्मिहूर्की गरेको मान्छे हुँ । हिमाल आरोही त होइन । त्यसलाई मानिसहरुले हल्का रुपमा लिँदा अलि खिन्न लाग्दोरहेछ ।

छिरिङ शेर्पाको बिरासत धान्नक कि साथीभाइको दबाबले सगरमाथा चढ्नुभयो त ?
शेर्पाको बिरासत धान्न मात्रै होइन हिमाल चढ्ने त मेरो सानैदेखि सहर हो । त्यो मैले पहिला पनि भनिसकेकी छु । मैले कलाकारिता क्षेत्रमा पनि एकदमै राम्रो गरिसकेको छु । त्योसँगै आफ्नो पूख्र्यौली पेशा हिमाल आरोहण पनि गरेँ ।

कलाकार भएर पनि हिमाल आरोहण गर्न सफल हुनुभयो यसलाई निरन्तरता दिनुहुन्छ ?
हिमाल आरोहणलाई फेरि निन्तरता दिने मेरो इच्छा छैन । एकपटक चढ्नै पर्ने काण चाहीं ‘शेर्पा भएर कलाकारिता क्षेत्रतिर किन लागेको ? हिमाल चढ्न किन नगएको’ भन्ने मलाई एउटा ‘ट्याग’ लागेको थियो । त्यो ‘ट्याग’ मैले मेटिसकेको छु । अब कलाकातिरता क्षेत्रमै राम्रो भइराखेको छ । फेरि मैले हिमाल चड्नुको मेन उद्देश्य “माई भ्वाइस फर शेर्पा क्लाइमर” भन्ने थियो । म शेर्पा समुदायमा जन्मिहूर्की गरेँ । शेर्पा समुदायले नै मलाई धेरै कुरा दिएको छ । त्यसो भएर समुदायकै एउटा विषयवस्तु उठाएर जाओँ । जसमा ग्लोबल वार्मिङ, वेमन इम्पावरमेन्ट जस्ता विषयवस्तु हुन्छन् त्यसमा शेर्पाहरुको एउटा आवाज बन्दिऊ भनेर पनि मैले हिमाल आरोहण गरेको हुँ ।

तपाईंको सर्वोच्च शिखर सगरमाथाको आरोहण केका लागि थियो ?
प्रतिस्पर्धात्मक नभई सन्देशात्मक, कीर्तिमानको लागि मात्रै नभई आरोहणमा कठिबद्ध व्यक्तित्वहरुको स–सम्मान तथा आरोहणमा जीवन त्याग गर्ने सम्पूर्ण बलिदानप्रति भावपूर्ण श्रद्धासुमन अर्पणका लागि मैले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी हुँ ।

त्योसो भए तपाईं कलाकारिता क्षेत्रलाई नै निरन्तरता दिनुहुन्छ हो ?
मैले हिमाल चढ्नुभन्दा अगाडि नै दुईवटा नेपाली मुभीमा साइन गरिसकेकी थिएँ । त्यो शम्भुजीत बाँस्कोटाले बनाउँदै हुनुहुन्छ । त्यसको डिरेक्टर सुवर्ण थापा हुनुहुन्छ । त्यो मुभीको नामै टाँसिदेले रहेको छ । त्यसमा क्यारेक्टर सबै हिमाल चढ्ने भएकाले मलाई हल्का मोटिभेटसन त्यो मुभीबाट पनि आएको हो कि जस्तो लाथ्यो । त्यो मुभी बन्नलाई लगभग दुईजति नै लाग्यो । हिमाल चढ्दा पनि त्यो क्यारेक्टरमा भुले छु । कलाकारिता क्षेत्रमा त म छँदै थिएँ, हिमाल चढेर आइसकेपछि मलाई यो मुभी गर्न अझ सहज भयो ।

हिमाल चढ्नेहरु सबै एजेन्डा लिएर जान्छन् कि झन्डा गाड्ने र नाम कमाउने उद्देश्यले ?
धेरैजसोको एजेन्डा नै हुन्छ । क्लाइमेन्ट चेन्जलगायतका विषयमा विदेशी संघ–संस्थाहरुमार्फत हरेक वर्ष मोटो रुपमा सहयोग पाइरहेका हुन्छन् । तर, त्योभन्दा केही फरक ढंगको गरौं भनेर मैले चाहीं जुन शेर्पा दाजुभाइ दिदीबहिनीहरुले हिमालेको लागि काम गरिरहनुभएको छ । हिमालकै लागि ज्यान गुमाइरहनुभएको छ । देशको लागि ज्यानको आहुती दिइरहनुभएको छ, उहाँ र उहाँको परिवारलाई राज्यले केही सुविधा दिएको छैन । उहाँहरुको लागि एउटा आवाज बनिदिऊँ भनेर यो कदम उठाएकी हुँ ।

तपाईं जब चुचुरोमा पुग्नुभयो, त्यतिबेला के प्रण गर्नुभयो ?
सबैभन्दा पहिला त सगरमाथा आरोहरणका क्रममा ज–जसले ज्यान गुमाउनुभएको थियो । उहाँहरुलाई सम्झेर श्रद्धाञ्जलि दिएँ । माथि पुगेर कसैले ज्यान गुमाइहालेको खण्डमा लास समेत ल्याउन नसकेका थुप्रै उदाहरण छन् । हिमाल देशको लागि भनेर यत्रो खटेका छन् उनीहरुको लागि राज्यले केही सुविधा, टे«डिङ्ग, अथवा सहजिकरणको लागि केही गरेको छैन । त्यसको आवाज उठाउने सन्देश दिन खोजेको हो ।

तपाईंको सफलताको श्रेय कसलाई दिनुहुनुहुन्छ ?
मलाई यहाँसम्म ल्याइपु¥याउनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने मेरो श्रीमान् धर्म थिङ लामा हुनुहुन्छ पहिलो श्रेय उहाँलाई दिन चाहन्छु । उहाँ गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर ५ को वडा सदस्य पनि हुनुहुन्छ । राजनीतिसँगै समाजसेवी हुनुहुन्छ उहाँले एकदमै मोटिभेट गर्नुभयो । उहाँले साथ, नगरिदिएको भए मैले कुनै पनि काममा सफलता हासिल गर्न सक्ने थिइँन । कलाकारिता, हिमाल आरोहण र समाजसेवा सबैमा श्रीमानको साथ, सहयोग र समर्थनले नै सफल भएको हुँ । फेरि हिमाल चढ्नलाई म एक्लैले आँटेर मात्रै नहुने रहेछ ।

वातावरण अनुसारको लुगा, खाने, बस्नेदेखि सबै कुरा जुट्नुपर्ने रहेछ । हिमाल चढ्न कुनै कम्पनीबाट जानुपर्ने हुन्छ । त्यो चाहीं एटके एक्सपेटिसन नामक कम्पनी थियो । त्यो कम्पनी र त्यसमार्फत सहयोग गर्नुहुने सबैलाई धन्यवाद भन्न चाहन्छु । उहाँहरुले मलाई जति खर्च लाग्नेथियो त्यसमा आधाभन्दा पनि बढी डिस्काउन्ट गरिदिनुभयो । त्योसँगै गोकर्णेश्वर नगरपालिकाबाट महिला सशक्तिकरण अन्तर्गत केही रकम दिनुभयो । त्यसको लागि मेयरसाब लगायत अन्य जनप्रतिनिधि र  कर्मचारीहरुलाई धन्यवाद भन्न चाहन्छु । त्यसैगरी स्पोन्सर, शुचिन्तकहरु, आफन्तहरु हुनुहुन्छ उहाँहरुलाई पनि धेरैधेरै धन्यवाद भन्न चाहन्छु ।

अब राजनीतिमा लाग्ने सम्भावना कत्तिको छ ?
भविष्यमा राजनीतिमा लाग्ने मेरो चाहना छ । तर, अहिलेलाई चाहीं कलाकारितालाई नै निरन्तरता दिन चाहन्छु । पारिवारिक वातावरण राजनीतिक भएको र म आफू पनि सानैदेखि राजनीति मन पराउने भएकाले केही वर्षपछि राजनीतिमा लाग्ने इच्छा छ । किन भने राजनीति भनेको समाजसेवा हो त्यसैले पनि मेरो भविष्यको गन्तव्य राजनीति हो ।

अहिलेका युवाहरु नेपालमा बस्नै रुचाउँदैनन्, उहाँहरुलाई के भन्नुहुन्छ ?
दुःख र मेहनका हिसावले विदेश र नेपालमा खासै फरक छ जस्तो मलाई लाग्दैन । दुःख गर्ने, मेहनत गर्नेलाई जहाँ पनि सुन फल्छ । त्यसैले भरखरका भाइबहिनीहरुलाई म के भन्न चाहन्छु भने हतास नहुनुहोस् । कुनै पनि कुरामा सफलता हासिल गर्न पेसन चाहिन्छ । म यो पेशामा लागेको १० वर्ष भइसक्यो । आज नभए भोलि, भोलि नभए पर्सी त होला भनेर लागिरहेको छु ।

त्यसैले तपाईंहरु पनि आजै रोपेर भोलि नै फल फाइन्छ भन्ने होइन त्यसको लागि धैर्यता चाहिन्छ । अत्तालिएर धेरै विषयमा हात नहाल्नुहोस् । कुनै विषयमा लागिपरेपछि धैर्यता राख्नुहोस् । यहाँ भएन, उहाँ भएन भनेर हतास नहुनुहोस सफलताको कडी नै लगाव र धैर्यता हो ।

 


राजनीतिक भ्रष्टाचार– १, संसद, संंविधान र ओलीको विगत–नियत

राजनीतिक भ्रष्टाचार– १, संसद, संंविधान र ओलीको विगत–नियत

केदार सुवेदी ससंविधान सभाले घोषणा गरेको संविधान अनुसार सम्पन्न...

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान

काठमाडौं । विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो...

चर्चित संगीतकार प्रकाश लामाको “भकारी बुन्ने” सेलो गीत बजारमा आउँदै

चर्चित संगीतकार प्रकाश लामाको “भकारी बुन्ने” सेलो गीत बजारमा आउँदै

काठमाडौं । नेपाली सांगीतिक बजारमा “भकारी बुन्ने” नयाँ सेलो...

वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर

वैवाहिक बन्धनमा बाँधिए सोनाक्षी र जहीर

काठमाडौँ । बलिवुड अभिनेत्री सोनाक्षी सिन्हा र अभिनेता जहीर...

म जनताको साशक होइन, सेवक भएर काम गर्न चाहन्छु

म जनताको साशक होइन, सेवक भएर काम गर्न चाहन्छु

दौलत कुमार खत्री, वडा अध्यक्ष, ललितपुर महानगरपालिका वडा नम्बर...