छिटोछरितो सेवाप्रवाह र सुशासन मेरो पहिलो प्राथमिकता हो : अध्यक्ष मगर
732
shares
कर्णबहादुर मगर, अध्यक्ष, तीनपाटन गाउँपालिका, सिन्धुली
नेपाली कांग्रेसका स्थापित युवा नेता हुन् कर्णबहादुर मगर । उनी सिन्धुलीको तीनपाटन गाउँपालिका अध्यक्ष हुन् । सिन्धुलीको दुर्गम ठाउँ फिक्कल गाउँपालिकामा जन्मिएका मगर मिलनसार युवा नेता स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । उनको पठनपाठन स्थानीय सामुदायिक विद्यालय हुँदै सिन्धुली क्याम्पसबाट सम्पन्न भएको हो । मगर नेपाली कांग्रेस सिन्धुलीको क्षत्रीय सभापति पनि छन् । अध्यक्ष मगरसँग स्थानीय सरकारसम्बन्धी समसायिक विषयमा केन्द्रित रहेर तरुण दैनिक डटकमको लागि कालिका महतले गरेको कुराकानीको सम्पादित अंश :
तीनपाटन गाउँपालिकामा सेवाप्रवाह र सुशासनको लागि के-कस्ता सुधारका कामहरु भएका छन्?
तीनपाटन गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुँदादेखि नै सेवाप्रवाह र सुशासन चुस्तदुरुस्त छिटोछरितो हुनुपर्छ भन्ने मेरो पहिलो प्राथमिकता हो । त्यसमा धेरै कुराहरु जोडिन्छन् । तर, हाम्रो गाउँपालिकामा गर्नुपर्ने सुशासनका र छिटोछरितो सेवाप्रवाहका कुराहरु प्राथमिकताका साथ अगाडि बढाएका छौं । यस गाउँपालिकामा सुशासनको अवस्था पहिलाकोभन्दा धेरै सुधार भएर आएको छ । यसलाई अझै प्रभावकारी ढंगले अगाडि बढाउन हामीहरु लागिपरेका छौं । सेवाप्रवाहलाई सेवाग्राहीमुखी बनाउने हाम्रो दायित्व हो । त्यसलाई कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।
भौतिक पूर्वाधार निर्माणको अवस्था कस्तो रहेको छ ?
भौतिक पूर्वाधारको कुरा गर्नुपर्दा यस गाउँपालिका सडक सञ्जालको हिसावले अधिकांश ठाउँहरु दूर्गम छन् । ती ठाउँहरुमा पनि सडक पु-याउने, कतिपय पुगेका ठाउँमा मर्मतसम्हार गर्ने कामहरु भइरहेका छन् । अन्य क्षेत्रको कुरा गर्नुपर्दा गाउँपालिकामा स्वास्थ्य चौकी भवन, वडा कार्यालय भवन निर्माण कार्यहरुले सम्पन्न हुने अवस्थामा छन् । लगभग सबैजसो वडा कार्यालय भवन पनि निर्माण सम्पन्न भइसकेको अवस्था छ । त्यस्तै बाटोघाटो निर्माण तथा मर्मतका कार्यहरु पनि भइरहेका छन् । यी सबग्र विषयलाई नियाल्दा तीनपाटन गाउँपालिकामा भौतिक पूर्वाधारको क्षत्रमा पहिलाकोभन्दा धेरै सुधार भएको छ । त्यसको लागि हामीहरु साधनस्रोतले भ्याएसम्म अहोरात्र खटेर लागिपरेका छौं ।
भौतिक निर्माणको कुरा गरिरहँदा त्यस गाउँपालिकाभित्र सडक विस्तारको अवस्था कस्तो छ, त्यसको सुधारका लागि के कस्ता प्रयासहरु भइरहेका छन् ?
भौतिक पूर्वाधारको कुरा गर्नुपर्दा यहाँ चँदाह र भालुखोला कटानका कुराहरु छन् । खासगरी यस गाउँपालिकाको वडा नं. १ र ११ न.का धेरै भूभागहरु कटान गरेको छ । यसरी खोलाकटानबाट जमीन जोगाउन खोला नियन्त्रणको लागि प्रदेश र संघीय सरकारसँग हामीले माग गरेका थियौं । अहिले प्रदेश सरकारमार्फत शहरी विकास मन्त्रालयबाट खोला नियन्त्रणदेखि पुल निर्माणलगायत धेरै कामहरु भइरहेका छन् । यो वर्ष पनि संघीय सरकारसमक्ष कुरा पुगिसकेकाले कटान संरक्षणको लागि सहयोग हुने आशा गरेका छौं । त्यसकारण जमिन कटान रोक्न र पुन निर्माणलगायतका काम समग्र रुपले अगाडि बढेको छ ।
अधिकांश खेतीयोग्य जमीनमा चँदाह र भालुखोलाले वर्षेनी क्षति पु-याउने गर्दछ, त्यसको नियन्त्रणमा के-कति प्रगति भयो, भावीयोजना के छ ?
खासगरी चँदाह र भालुखोलाले खेतियोग्य जमीन कटान गर्ने र हिड्डुलमा पार्ने वर्षौंदेखिको समस्या हो । यी खोलाहरुले यहाँ धेरै क्षति पनि गरेको छ । यसको समाधानको लागि गाउँपालिकाले नै कदम चाल्नुपर्छ भनेर हामीले संघ र प्रदेश सरकारसँग बारम्बार आग्रह ग¥यौं । अहिले नियन्त्रण र सुधारका कामहरु भइरहेका छन् ।
भालुखोलाको मात्रै कुरा गर्नुपर्दा हाम्रो पहलमा नियन्त्रण भइरहेको छ । खासगरी समस्या भनेको चँदाह र लङ्गुर खोला मिसिएपछि शाखामाढी, शाखाजोर, बेलघारी, पहिरे र भिमस्थानतिर बढी क्षेति पु¥याउने गरेको थियो । अहिले सडक विस्तारसँगै खोला नियन्त्रण भइरहेकाले पहिलाको तुलनामा व्यवस्थित हुँदै गएको छ । बगरको रुपमा परिणत भएको जग्गाजमीन पनि विस्तार खेतीयोग्य जमीनमा परिणत हुँदै छ । अहिले संघ र प्रदेश सरकारको सहयोग र हाम्रो सक्रियतामा खोला नियन्त्रण गर्ने काम भइरहेको अवस्था छ ।
वातावरण तथा प्राकृतिक विपद् व्यवस्थापनको लागि के-कस्तो योजना तर्जुमा गर्नुभएको छ ?
प्राकृतिक विपद् भन्ने भविष्यको कुरा कतिबेला के आइपर्छ भनेर हामीले आँकलन गर्न सक्दैनौं । प्राकृतिक विपद् भन्नाले बाढीपहिरो, भूकम्प, आदीहुरी जस्ता विषय पर्दछन् । खासगरी तीनपाटन गाउँपालिकाको विपद् भन्नाले वर्षायाममा आउने बाढीपहिरो नै मुख्य हो । यहाँ असार, साउन र भदौ महिना बाढीपहिरोको बढी जोखिम हुन्छ ।
त्यसको रोकथामको लागि पूर्व सचेतना अपनाउने कामहरु भइरहेका छन् । बाढीपहिरोबाट जोगिनको लागि वातावरणीय अनुकूलतालाई ध्यान दिनुपर्छ भनेर योजना बनाइराखेका छौं । हामीले विकास निर्माणका जुनसुकै काम गर्दा पनि सर्वदलीय र सर्वपक्षीय रुपमा छलफल गरी रिपोट बनाएर काम गरिरहेको अवस्था छ । सडक निर्माण, खोला नियन्त्रण र अन्य भौतिक पुनर्संरचनामा सबै तह, तप्का, वर्ग समुदायको सल्लाह, सुझावबाटै काम गरिरहेको अवस्था छ । यसमा सबै पक्षको साथ, सहयोग जुट्ने गरेको छ ।
चकमके बजार यरियामा सरसफाइको व्यवपन कस्तो छ, त्यस्तै वातावरणीय व्यवस्थापनको लागि कस्तो योजना तर्जुमा गर्नुभएको छ ?
अहिले चकमके बजार पहिलाको तुलनामा धेरै व्यवस्थित भइसकेको छ । व्यवस्थित भइसकेको बजार आशपास हाटबजारको परिकल्पना ग-यौं । त्यसपछि विभिन्न किसिमका घर, टहराहरु निर्माण भए । त्यसलाई व्यवस्थित गरी शहरी विकास गर्न हामीले पहल गरिरहेका छौं । शहरी विकासको लागि हामीले पहिला फोहोरमैला व्यवस्थापन गर्न डम्पिङ साइड निर्माण गर्नुपर्ने हुन्छ । अहिले तत्कालका लागि फोहोर उठाएर अन्यत्र लैजाने, व्यवस्थापन गर्ने जस्ता सानातिना कामहरु भइरहेका छन् । तर, दीर्घकालीन रुपमा व्यवस्थापन गर्नको लागि चाहीं डम्पिङ सुाइड निर्माण गर्नुपर्छ भनेर लागिपरेका छौं । वातावरणीय अनुकूलता र बाढीपहिरो नियन्त्रणको लागि वृक्षारोपणलगायतका सचेतनामुलक कामहरु भइरहेका छन् । बजार व्यवस्थापनको लागि डीपीआर भइसकेकाले त्यसलाई व्यस्थित ढंगले अगाडि बढाउँदै छौं ।
धापचौकी, गडाम्रे, गैरीखानी, लुभुहुँदै चकमके जोडिने बाटोको अवस्था कस्तो छ ? सँगै त्यस गाउँपालिकाका सबै वडामा सडक सञ्जाल पुगेका छन् ?
यस गाउँपालिकाका १० वटा वडाहरु मुल सडकले छुन्छ । एउटा वडा बालाजोर चाहीं चकमके बजारबाट लुभु, गडाम्रे, हर्राभन्ज्याङहुँदै धापचौकी जाने बाटो प्रयोग गर्छुपर्छ । त्यो सडकलाई बाह्रै महिना चल्ने गरी व्यवस्थित बनाएर जानुपर्छ भनेर लागिपरेका छौं । त्यसपछि हामीले भित्री सडकको लागि प्रदेश सरकारसँग समन्वय गरेर काम गरिरहेको अवस्था छ ।
चकमकेबाट धापचौकी जोडिने बाटोलाई व्यवस्थित गर्न सकियो भने बालाजोरका अधिकांश स्थानीयवासीलाई सहज हुन्छ । अर्को खनियाखर्कबाट गहुँखर्च जोड्न सकियो भने पर्यटकीय मार्ग पनि बन्न सक्छ । त्यसको लागि धापचौकीबाट चकमके जोड्ने बाटोलालाई व्यवस्थित गर्नुपर्छ । त्यसको लागि यस वर्ष प्रदेश सरकारसँग पनि बजेट माग गरेका छौं । प्रदेश सरकारबाट बजेट आएपछि त्यो काम हामी सुरु गछौं ।
दूर्गम ग्रामीण इलाकाका महिलामा देखिने स्वास्थ्य समस्या समाधानको लागि के-कस्तो योजना बनाउनुभएको छ ?
खासगरी पहाडी क्षेत्रका महिला दिदीबहिनी तथा आमाहरुमा धेरै स्वास्थ्य समस्या हुन्छ । उहाँहरुलाई सहज रुपमा अस्पताल पु¥याउनको लागि प्रत्येक वडाबाट सेवा दिइरहेको अवस्था छ । उहाँहरुको घरघरमा जाने स्वास्थ्य अवस्थाबारे बुझ्ने, समस्या भएकाहरुको चेकजाँच गर्ने र अन्य अस्पताल लानुपर्ने भए त्यसको व्यवस्था गर्ने लगायतका कामहरु भइराखेका छन् । खासगरी ग्रामीण महिलाहरुलाई पाठेघर खस्ने समस्या बढी हुने गर्दछ ।
त्यसको लागि बेलाबेलामा चेकजाँच गर्ने र जटिल समस्या भएकाहरुलाई अन्य अस्पतालमा लानको सहयोग गर्ने काम पनि भइरहेको छ । त्योसँगै महिलाहरुलाई विभिन्न सचेतनामुलक कार्यक्रममार्फत् आयआर्जनमा जोड्ने काम पनि गरिएको छ । महिलाहरु धेरै घरायसी काममा व्यस्त हुनुपर्ने भएकाले उहाँहरुलाई घरमै उद्यमशीलता बनाउन बेलाबखत विभिन्न सीपमुलक तालीम दिने काम पनि गाउँपालिकाको सहकार्यमा वडाबाट हुने गरेका छन् । त्यसको लागि ग्रामीण महिला दिदीबहिनी तथा आमाहरुलाई स्वास्थ्यसम्बन्धी विभिन्न चेतनामुलक कार्यक्रमहरुको आयोजना गरिएको छ।
सामुदायिक विद्यायको गुणस्तर एकदमै कस्कियो नि, त्यसको सुधारका लागि स्थानीय सरकारले पहल गर्नुपर्दैन ?
सामुदायिक विद्यालयको गुणस्तर वृद्धिको लागि स्थानीय सरकारले मात्रै पहल गरेर हुँदैन । त्यसको लागि राष्ट्रियस्तरबाटै पहल हुनुपर्छ । सामुदायिक विद्यालयलाई सुधार्ने र शैक्षिक गुणस्तर दिनको लागिस्थानीय सरकारले मात्रै प्रयास गरेर सम्भव छैन । नेपाल सरकारले नीति नै बनाएर अगाडि बढ्नुपर्छ । अहिले शिक्षाको नीति नै फितलो छ । त्यसकारण शिक्षा नीतिलाई दरिलो बनाएर देशव्यापी रुपमा लागु गर्नुपर्ने देखिन्छ ।
अन्य ठाउँमा कस्तो छ, तर यहाँ चाहीं सामुदायिक विद्यालय खस्किने मूल कारण भनेको राजनीतिक हस्तक्षेप नै हो । राजनीतिक दलगत स्वार्थले गर्दा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर धरासायी बन्दै गएको हो । त्यस्तालाई न्यूनिकरण गर्न शिक्षामा राजनीतिक हस्ताप हुनुहुँदैन । अर्को भनेको केन्द्रदेखि नै शिक्षामा नीतिगत सुधारमा ब्यापक ध्यान दिनुपर्ने आवश्यकता देखिन्छ । राजनीतिक हस्तक्षेपलाई न्यूनिकरण गरी नीतिगत सुधार नगर्दासम्म शिक्षामा सुधार हुने देखिँदैन । त्यसको केन्द्रदेखि नै नीति बनेर आउनुपर्छ भन्ने मेरो सुझाव छ । हिजो पनि थियो, आज छ र भोलि पनि मेरो सुझाव त्यहींं नै हो ।
अन्त्यमा तीनपाटनवासीलाई के भन्न चाहनुहुन्छ ?
तपाईंको लोकप्रिय मिडिया तरुण दैनिक डटकममार्फत् तीनपाटनवासीलाई तपार्इंहरुले आफूलाई परेका समस्याका बारेमा हामीलाई सम्पर्क गर्नुहोस् । तपाईंहरुका समस्या, गुनासा सुन्न र सम्बोधन गर्न हामी सधैं तत्पर छौं । तपाईंहरुले आफूलाई परेका समस्याबारेमा हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ । त्यसको लागि कृषि उत्पादन, पशुपालनलगायत जति पनि हामीले गर्नुपर्ने कामहरु छन् । त्यसको लागि हामीसँग तपार्इंहरु जतिबेला पनि सम्पर्क गर्न सक्नुहुन्छ ।
तपाईंहरुको लागि गाउँपालिका सधैं खुल्ला छ । तपाईंहरुले राखेका कुराको हामी यो वडा, त्यो वडा, यो गाउँ, त्यो गाउँ, यो समुदाय, ऊ समुदाय नभनिकन न्यायोचित ढंगले सेवाप्रवाह गर्ने गर्ने छौं । यस गाउँपालिकाका सम्पूर्ण वर्ग, क्षेत्र, समुदायको काम निष्पक्ष, पारदर्शी र जवादेही ढंगले गर्ने प्रतिवद्धता गर्दछु । अन्त्यमा नजिकिँदै गरेको नेपालीहरुको दोस्रो ठूलो चाड शुभदीपावली र छठ पर्वको पावन अवसरमा तीनपाटनवासी र तरुणदैनिक डटकम परिवारमा हार्दिक मंगलमय शुभकामना भन्न चाहन्छु ।
वि.सं.२०८० कात्तिक २२ बुधवार १६:०७