back
nepal rastra bank aniversary

खानेपानी समस्याको समाधान छिटो गर्ने नगप्रमुख अधिकारीको प्रतिबद्धता

396 

shares
nicasia bank

काठमडौं । बुढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख मिठाराम अधिकारीले नगर क्षेत्रको खानेपानीको समस्यालाई छिटोभन्दा छिटो समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुढानीलकण्ठ नगरपालिका(११ मा रहेको बगलामुखी मन्दिर परिसरमा आयोजित बगलामुखी हाइट समाज उपभोक्ता समितिको तेस्रो वार्षिक साधारणसभामा नगर प्रमुख अधिकारीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले समेत नगर क्षेत्रमा पानी वितरणका लागि पाइप विछ्याइरहेको जानकारी दिए ।

कार्यक्रममा वडा सदस्यद्वय शर्मिला गौतम र सम्बर गुरुङले वडामा भएका विभिन्न समस्या खानेपानी अभाव, फोहरमैला व्यवस्थापनलगायत छिट्टै सामाधान गरिने बताएका थिए । कार्यक्रममा स्थानीय बालकृष्ण पौडेलले टोलमा ठूलो समस्याका रुपमा रहेको खानेपानीको विषयलाई समाधान गर्न स्थानीय सरकारको नेतृत्वदायी भूमिका हुनुपर्नेमा जोड दिए ।

समितिले प्रत्येक वर्ष प्रदान गर्दै आएको ज्येष्ठ नागरिक सम्मान यस पटक सगरमाथा आरोही कान्छा शेर्पालाई प्रदान गरिएको छ । कार्यक्रममा वडा नं ११ का अध्यक्ष राजु अधिकारी, वडा नं १० का अध्यक्ष नवराज भट्टराई, वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईलगायतलाई पनि सम्मान गरिएको थियो ।


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको झापाको भद्रपुरमा नयाँ शाखा विस्तार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको झापाको भद्रपुरमा नयाँ शाखा विस्तार

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले झापाको भद्रपुरमा...

होटल सरोवर र किंस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

होटल सरोवर र किंस लाउन्ज पोखरामा प्रभु बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

काठमाडौं । प्रभु बैंकले आफ्ना कर्मचारी तथा ग्राहकका लागि...

कैलाश सिरोहियालाई गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला

कैलाश सिरोहियालाई गरिएको पक्राउ स्वीकार्य छैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कान्तिपुर...

गलत समय र गलत तरिकाबाट सिरोहियालाई गिरफ्तार गरियो : राजेन्द्र लिङ्देन

गलत समय र गलत तरिकाबाट सिरोहियालाई गिरफ्तार गरियो : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले...

सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौं : प्रधानमन्त्री

सिरोहियालाई व्यक्तिगत प्रतिशोधबाट नभइ अदालती प्रक्रियाबाट नै पक्राउ गरेका हौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कान्तिपुर मिडिया ग्रुपका...

हाम्रो माग पूरा भएन भने तपाइहरुको मिसन ०८४ मा देखाउनेछौँ : सहकारी पीडित

हाम्रो माग पूरा भएन भने तपाइहरुको मिसन ०८४ मा देखाउनेछौँ : सहकारी पीडित

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले शुक्रबारदेखि...