back

अन्य निकायको आयोजना कार्यान्वयन गर्दा पूर्वस्वीकृती लिनुपर्ने चन्द्रनगरगाउँपालिकाको निर्देशन

सर्लाही । चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले स्वीकृत आयोजना बाहेक अन्य निकायको आयोजना कार्यान्वयन गर्दा पूर्वस्वीकृती लिनुपर्ने बताएका छन् ।

महतोले स्वीकृत योजना बाहेक अन्य निकायबाट गाउँपालिका क्षेत्र भित्र आयोजना कार्यान्वयन गर्दा गाउँपालिकाको योजना संग दोहरोपन हुने,गाउँपालिकाको प्राथमिकता विपरित हुने, त्यस्तै गाउँपालिकाको मापदण्ड बमोजिम नहुने, अभिलेखिकरण गर्न कठिनाई हुने, आयोजना प्रारम्भ भई अधुरो अवस्थामा रहने, विभिन्न निकायबाट अभिलेख सूचना माग गर्दा गाउँ कार्यपालिकाको कार्यालयमा अभिलेख उपलब्ध नहुने र गुणस्तरको सुनिश्चितता गर्न कठिन हुने तितो यर्थाथको उल्लेख गर्दै विज्ञप्तीमा अनुरोध गरेका छन् ।

अध्यक्ष महोतोका अनुसार चन्द्रनगर गाउँपालिका क्षेत्र भित्र त्यस्ता आयोजना कार्यान्वयन गर्दा उपभोक्ता समिती गठन, सहजीकरण, अनुगमन र सुपरिवक्षेण जस्ता चन्द्रनगर गाउँपालिकाको गाउँ सभाको निर्णय अनुरुप गाउँ कार्यपालिकाको कार्यालयबाट अनिवार्य रुपमा पूर्वस्वीकृती लिएर कार्यान्वयन गर्न र गराउन अनुरोध गरेका छ ।

त्यस्तै नियम विपरित भएमा नियमानुसार हुने व्यहोरा समेत अनुरोध गरेको विज्ञप्तीमा भनिएको छ । साथै अध्यक्ष महतोले सहयोग, समन्वय र सदभावको लागि हार्दिक धन्यवाद् दिएका छन् ।


नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोटको बेतिनीमा दुर्घटना हुँदा तीनको मृत्यु

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा यात्रुबाहक टाटासुमो दुर्घटना...

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

उपनिर्वाचनका लागि एमालेले आज उम्मेदवार टुङ्गो लगाउने

काठमाडौंं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आसन्न...

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

रास्वपाका तीन उम्मेदवारले संयुक्त पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन उम्मेदवारले...

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितसँग छलफल...

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीहरको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई...

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा

काठमाडौं । सातौंपटकको मन्त्रिपरिषद् पुनर्गठनकै बेला प्रधानमन्त्री पुष्पकमल दाहाल...